३ मंसिर २०८३, बिहिबार | November 19, 2026

विकास–निर्माण थाल्नुअघि भौगर्भिक अध्ययन गर्नुपर्नेमा सभामुखको जोड



सभामुख डोलप्रसाद अर्यालले विकास पूर्वाधार निर्माणअघि भौगर्भिक अध्ययन र जोखिम मूल्याङ्कनलाई प्राथमिकतामा राख्नुपर्ने बताएका छन ।

नेपाल भौगर्भिक समाजद्वारा यहाँ आयोजित भौगर्भिक सम्मेलनमा उनले सडक, सुरुङमार्ग, जलविद्युत् आयोजना, विमानस्थल तथा सहरी पूर्वाधार निर्माण गर्दा भौगर्भिक अवस्थाको वैज्ञानिक अध्ययन गर्नुपर्नेमा जोड दिए ।

उनलेले भौगर्भिक विशिष्टताका कारण नेपाल भूकम्प, पहिरो, बाढी, हिमताल विस्फोट तथा भूक्षयजस्ता प्राकृतिक विपद्को उच्च जोखिममा रहेको उल्लेख गर्दै यस्ता जोखिमबाट हुने क्षति घटाउन वैज्ञानिक अनुसन्धान, पूर्वतयारी र जोखिम पहिचान आवश्यक रहेको बताए ।

हिमालय क्षेत्रको भूविज्ञानलाई विकास, वातावरण संरक्षण र विपद् व्यवस्थापनसँग जोडेर तदनुरुप विकास–निर्माणका योजना कार्यान्वयन गर्नु उनको कथन थियो ।

नेपालको संविधानले स्वच्छ वातावरणको हक र प्राकृतिक स्रोतको दिगो उपयोगलाई महत्व दिएको उल्लेख गर्दै उहाँले संवैधानिक व्यवस्थाको प्रभावकारी कार्यान्वयनका लागि वैज्ञानिक अनुसन्धान र तथ्यमा आधारित नीति निर्माणमा जोड दिए ।

समाजका अध्यक्ष भाष्कर खतिवडाले हिमालय क्षेत्रको भौगर्भिक अवस्था, भूविज्ञानसम्बन्धी अनुसन्धान, जलवायु परिवर्तन, प्राकृतिक स्रोतको व्यवस्थापन र पर्वतीय क्षेत्रको दिगो विकासबारे अनुभव आदानप्रदान गर्न सम्मेलन आयोजना गरिएको बताए ।

आगामी शनिबार समापन हुने सम्मेलनमा २७ देशका ३५० भन्दा बढी भौगर्भिक क्षेत्रका अनुसन्धानकर्ता तथा जानकार सहभागी छन् ।

प्रकाशित मिति : ३ मंसिर २०८३, बिहिबार  १२ : ०० बजे

Your email address will not be published.

एन्फामाथिको निलम्बन र प्रतिबन्ध फुकुवा गर्ने राखेपको निर्णय

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्ले अखिल नेपाल फुटबल संघ (एन्फा)माथि

विकास–निर्माण थाल्नुअघि भौगर्भिक अध्ययन गर्नुपर्नेमा सभामुखको जोड

सभामुख डोलप्रसाद अर्यालले विकास पूर्वाधार निर्माणअघि भौगर्भिक अध्ययन र जोखिम

पार्टीभित्र नेता कार्यकर्ताको योगदान र क्षमताको यथोचित मूल्याङ्कन हुनुपर्छ : विद्या भण्डारी

काठमाडौं । नेकपा (एमाले)की वरिष्ठ नेतृ विद्यादेवी भण्डारीले पार्टीभित्र नयाँ

सुनको मूल्यमा निरन्तर गिरावट, पाँच दिनमै तोलामा २६ हजार ७०० रुपैयाँ घट्यो

काठमाडौँ, ३ मंसिर । नेपाली बजारमा सुनको मूल्यमा निरन्तर गिरावट

संसदीय विशेष समितिको टोली विपद् प्रभावित क्षेत्रको अनुगमनमा

गण्डकी । राष्ट्रियसभाअन्तर्गतको भोटेकोशी एवं कालीगण्डकी करिडोर विपद्सम्बन्धी अध्ययन तथा