५ मंसिर २०८३, शनिबार | November 21, 2026

नागढुंगा-मुग्लिन सडक आजदेखि दैनिक पाँच घण्टा बन्द हुने



काठमाडौं । नागढुंगा-मुग्लिन सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै प्रत्येक दिन बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म सडकमा सवारी आवागमन पूर्ण रूपमा बन्द रहने जनाएको छ ।

प्रशासनका अनुसार अर्को सूचना जारी नभएसम्म उक्त सडकखण्डमा दैनिक पाँच घण्टा सवारी आवागमन बन्द हुनेछ । सडकखण्डको घोप्टेभीरमा लगातार सुक्खा पहिरो खस्दा यातायात प्रभावित हुनुका साथै मानवीय क्षतिसमेत भएकाले सम्भावित जोखिम न्यूनीकरण गर्न सडक बन्द गर्ने निर्णय गरिएको हो ।

सहायक प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद शर्माद्वारा जारी सूचनामा २०८३ मंसिर ५ गतेदेखि अर्को सूचना प्रकाशित नभएसम्म दैनिक बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म सडक बन्द गरी जोखिमयुक्त ढुंगा तथा माटो हटाउने काम गरिने उल्लेख छ ।

उक्त अवधिमा सडकखण्डमा सबै प्रकारका सवारीसाधनको आवागमन बन्द रहने प्रशासनले जनाएको छ । सडक बन्द हुने समयलाई ध्यानमा राखी वैकल्पिक मार्ग प्रयोग गर्न वा समय व्यवस्थापन गरेर मात्र यात्रा गर्न प्रशासनले सर्वसाधारणलाई आग्रह गरेको छ ।

जोखिमयुक्त ढुंगा तथा माटो हटाउने काम सम्पन्न भएपछि सडक सञ्चालनबारे थप सूचना जारी गरिने प्रशासनले जनाएको छ ।

प्रकाशित मिति : ५ मंसिर २०८३, शनिबार  ८ : २५ बजे

Your email address will not be published.

नेपाललाई वैदिक ज्ञान र धार्मिक पर्यटनको केन्द्र बनाउनुपर्छ : स्वामी कमलनयनाचार्य

नारायणगढ । चार दशकदेखि मुलुकमा सनातन वैदिक धर्मको प्रवर्द्धन तथा

इलाममा आजदेखि सूर्योदय चिया महोत्सव

इलाम । इलाममा आजदेखि दुई दिने ‘प्रथम सूर्योदय चिया महोत्सव-२०८३’

नागढुंगा-मुग्लिन सडक आजदेखि दैनिक पाँच घण्टा बन्द हुने

काठमाडौं । नागढुंगा-मुग्लिन सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने

एनपीएल उपाधिका लागि आज लुम्बिनी र सुदूरपश्चिम भिड्दै

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ को उपाधिका लागि

एकादशी महोत्सवमा भजन प्रतियोगिता, नेरामाविले जित्यो उपाधि

खजुरा । हरिबोधनी एकादशीका अवसरमा बाँकेको खजुरामा आयोजना भएको अन्तर