६ मंसिर २०८३, आइतबार | November 22, 2026

सामान्य रूपमा नयाँ दिल्ली प्रस्थान गर्दै प्रधानमन्त्री बालेन



काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह बालेन आइतबार दिउँसो दुई दिने भारत भ्रमणका क्रममा नयाँ दिल्ली प्रस्थान गर्दैछन् । उनी दिउँसो पौने २ बजे नेपाल एयरलाइन्सको नियमित उडानबाट नयाँ दिल्ली जान लागेका हुन् ।

प्रधानमन्त्रीको भ्रमणका लागि निगमको नियमित दिल्ली उडान आरए २१७ प्रयोग हुने भएको हो । निगमसँग वाइबडी विमान अभाव भएकाले न्यारोबडी विमान उडानमा राखिएको निगमको उच्च स्रोतले बतायो । नेपाल वायुसेवा निगमका एक निर्देशकका अनुसार प्रधानमन्त्रीको भ्रमण टोलीमा ३४ जना छन् ।

प्रधानमन्त्री बालेन सिधै विमान पुग्ने भएका छन् । विगतमा जुनसुकै प्रधानमन्त्री विदेश जाँदा त्रिभुवन विमानस्थलमा सैनिक परेड र विशेष समारोह हुने गरेको थियो । तर बालेनले त्यो औपचारिक बिदाइ गर्ने अभ्यास तोडेका छन्। 

लामो समयदेखि चल्दै आएको त्यो परम्परा भत्काएर उनी सरल शैलीमा विदेश उड्दैछन्। प्रधानमन्त्री र राष्ट्रपति विदेश जाँदा मन्त्री, उच्च सरकारी अधिकारी, सुरक्षा निकायका प्रमुख र अन्य विशिष्ट व्यक्तिहरू विमानस्थल पुग्ने गरेका थिए। कतिपय भ्रमणमा नेपाली सेनाको सम्मान गारत र अन्य औपचारिक कार्यक्रमसमेत धुमधामसँग हुने गरेका थिए।

परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार बेन, राजनीतिक सल्लाहकार असिम शाहलगायत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगिसकेका छन् । बालेनलाई उर्जामन्त्री विराजभक्त श्रेष्ठले बिदाइ गर्नेछन् । रास्वपा प्रवक्ता जगदीश खरेलले पार्टीका तर्फबाट बिदाइ गर्ने भएका छन् । प्रधानमन्त्री बालेनले राजकीय भ्रमण गर्नुअघि राष्ट्र प्रमुखलाई भेटेर जानकारी गराउने प्रचलन पनि तोडेका छन् । 

प्रकाशित मिति : ६ मंसिर २०८३, आइतबार  १ : ५२ बजे

Your email address will not be published.

प्रधानमन्त्री बालेन भारत प्रस्थान, लिएनन् सम्मान गारद

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह बालेन भारत प्रस्थान गरेका छन् ।

सामान्य रूपमा नयाँ दिल्ली प्रस्थान गर्दै प्रधानमन्त्री बालेन

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह बालेन आइतबार दिउँसो दुई दिने

कोरला नाकाबाट चार महिनामा सात हजार विद्युतीय सवारीसाधन आयात

मुस्ताङ । नेपाल–चीन सीमा कोरलानाबाट चालु वर्षको पहिलो चार महिनामा

मधेश सरकारमा एमाले, कांग्रेस र नेकपा सहभागी नहुने, होला त संसद् विघटन ?

काठमाडौं, ६ मंसिर । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले

२५ घन्टाका लागि विराजभक्त श्रेष्ठ कार्यवाहक प्रधामन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह, अर्थमन्त्री स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्री