९ मंसिर २०८३, बुधबार | November 25, 2026

लैङ्गिक हिंसा अन्त्यका लागि सोच र व्यवहारमा परिवर्तन आवश्यक छ मुख्यमन्त्री आचार्य




दाङ, लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लैङ्गिक हिंसा अन्त्यका लागि कानुनी व्यवस्था, संस्थागत प्रयास र सामाजिक चेतनासँगै व्यक्ति, परिवार तथा समुदायको सोच र व्यवहारमा सकारात्मक परिवर्तन आवश्यक रहेको बताएका छन ।

लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानका अवसरमा शुभकामना सन्देश जारी गर्दै उहाँले लैङ्गिक हिंसा मानवअधिकारको गम्भीर उल्लङ्घन, सामाजिक न्यायको बाधक तथा समतामूलक समाज निर्माणको चुनौती भएको उल्लेख गरेका छन । लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि २४ गतेसम्म सञ्चालन हुनेछ ।

मुख्यमन्त्री आचार्यले महिला, बालबालिका तथा लैङ्गिक र सामाजिक रूपमा पछाडि पारिएका समुदायमाथि हुने हिंसा, विभेद, शोषण, दुव्र्यवहार र असमान व्यवहारको अन्त्य गर्नु राज्य, समाज र प्रत्येक नागरिकको साझा दायित्व भएको बताएका छन।

उनले लुम्बिनी प्रदेश सरकारले लैङ्गिक समानता, सामाजिक न्याय, समावेशिता तथा महिला सशक्तीकरणलाई शासन, नीति, कार्यक्रम र बजेटमा प्राथमिकता दिँदै आएको उल्लेख गरेका छन । उनले अभियानलाई १६ दिनमा मात्र सीमित नराखी वर्षभरि लैङ्गिक हिंसाविरुद्ध जागरण, प्रतिरोध र सामाजिक उत्तरदायित्वको अभियानका रूपमा अघि बढाउन सम्पूर्ण नागरिकमा आह्वान गरेका छन ।

प्रकाशित मिति : ९ मंसिर २०८३, बुधबार  ११ : ३३ बजे

Your email address will not be published.

हिमताल जोखिमबाट जोगाउन ४९.९४ मिलियन अमेरिकी डलरको ‘जिएलओएफ सञ्जिवनी परियोजना’

काठमाडौं । हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु

रिडी क्षेत्रमा अघि सारिएको ‘रुरु महास्नान’ को अवधारणा

गुल्मी । गुल्मी, पाल्पा र स्याङ्जाको सङ्गमस्थल रुरुक्षेत्रको रिडीमा आगामी

नेप्से ८.७० अंकले बढ्दा ६ अर्ब १५ करोडको कारोबार

काठमाडौं। साताको तेस्रो कारोबार दिन बुधबार पनि सेयर बजारमा हरियाली

निर्वाचन आयोगद्वारा कांग्रेस महाधिवेशनद्वारा निर्वाचित कार्यसमिति अद्यावधिक

काठमाडौं । निर्वाचन आयोगले नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट चयन भएको

दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता : पौडी प्रतियोगितामा भाग लिन हेलिकप्टर चार्टर

नेपालगन्ज । दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत नेपालगन्जमा जारी पौडी