१० मंसिर २०८३, बिहिबार | November 26, 2026

ग्लोबल आइएमई बैंकले प्लाटिनम गल्फ २०२६ आयोजना गर्ने



काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेडको आयोजनामा “ग्लोबल आइएमई प्लाटिनम गल्फ २०२६” प्रतियोगिता हुन गइरहेको छ । बैंकले मंसिर १२ र १३ गते काठमाडौंको थलीस्थित गोकर्ण फरेस्ट रिसोर्टमा उक्त प्रतियोगिता संचालन गर्न लागेको हो ।

दुई दिनसम्म सञ्चालन हुने उक्त प्रतियोगिताले खेलप्रेमीहरुलाई खेल, प्रकृति र आपसी सद्धावको अनुपम अनुभव हुने विश्वास बैंकले लिएको छ ।

होल इन वानलाई आधुनिक स्कोडा एसयूभी गाडी राखिएको छ । साथै, अन्य विधाबाट विजेतालाई चन्द्रागिरि हिल्स र डिसहोमको विशेष प्याकेज पुरस्कारको व्यवस्था रहेको छ ।

यो प्रतियोगिता आयोजना गर्न आइएमई रेमिट, डिसहोम, चन्द्रागिरि हिल्स, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेड, एमएडब्लु तथा बाराहसिंघेको समेत साथ रहेको छ ।

खेलकुद संस्कृतिको प्रवर्द्धन, आपसी सम्बन्धको विस्तार तथा विभिन्न क्षेत्रका खेलप्रेमी व्यक्तिहरुबीच अर्थपूर्ण सम्बन्ध स्थापित हुने उद्देश्यले बैंकले ग्लोबल आइएमई प्लाटिनम गल्फ इन्भिटेसनल २०२६ आयोजना गर्न लागेको हो ।

आधुनिक प्रविधिको उच्चतम् प्रयोग गरी उत्कृष्ट ग्राहक सेवा प्रदान गरिरहेको ग्लोबल आइएमई बैंकले ‘बैंक अफ द इयर २०१४’, ‘बेष्ट इन्टरनेट बैंक २०१६’, तथा सन् २०२४, २०२५ र २०२६ मा लगातार ‘बेष्ट बैंक नेपाल’ को उपाधि प्राप्त गरिसकेको छ । यस्तै बैंकले युरोमनी अवार्ड फर एक्सलेन्स २०२२, २०२४ र २०२५, बेष्ट बैंक ईएसजी नेपाल २०२४ र बेष्ट इम्प्लोयर जस्ता प्रतिष्ठित पुरस्कारहरू समेत प्राप्त गरेको छ ।

प्रकाशित मिति : १० मंसिर २०८३, बिहिबार  ९ : ०४ बजे

Your email address will not be published.

ग्लोबल आइएमई बैंकले प्लाटिनम गल्फ २०२६ आयोजना गर्ने

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेडको आयोजनामा “ग्लोबल आइएमई प्लाटिनम

प्रधानमन्त्री र रास्वपा सभापतिबीच भेट, ५ घण्टा भयो छलफल

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का

होल्डिङ सेन्टरबाट सुकुम्बासी हटाउने निर्णय फिर्ता लिन कांग्रेसको माग

ललितपुर । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिले वैकल्पिक आवासको सुनिश्चितता नगरी विस्थापित

इनम सापकोटा सहित ३ जनालाई थप ५ दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौँ । सम्पत्ति शुद्धीकरण तथा राष्ट्र बैङ्क ऐनअन्तर्गतको कसुरमा पक्राउ

मन्त्रिपरिषद्को मर्यादाक्रम फेरबदल, सोविता गौतम तेस्रो वरीयतामा

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री बालेन्द्र शाहको सिफारिसमा मन्त्रिपरिषद्का सदस्यहरूको