काठमाडौं । देशमा हाल कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यद्यपि, हिमाली क्षेत्रमा आंशिक बदली र तराईका केही स्थानमा हुस्सु तथा तुवाँलो लागेको छ ।
महाशाखाका अनुसार आज दिउँसो कोशी र बागमती प्रदेशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहनेछ भने बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ । कोशी प्रदेशका हिमाली भूभागका एक-दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावनासमेत रहेको छ ।
काठमाडौं उपत्यकामा आज न्यूनतम तापक्रम ८ देखि १० डिग्री सेल्सियस र अधिकतम तापक्रम २२ देखि २४ डिग्री सेल्सियससम्म रहने पूर्वानुमान गरिएको छ ।
त्यस्तै, आज राति कोशी र गण्डकी प्रदेशका हिमाली भूभाग तथा कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ । बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ ।
महाशाखाका अनुसार शनिबार बिहान काठमाडौं उपत्यका तथा खोँचका साथै तराईका केही स्थानमा हुस्सु तथा कुहिरो लाग्ने सम्भावना छ ।
















प्रतिक्रिया