११ मंसिर २०८३, शुक्रबार | November 27, 2026

बाढीले पुल बगाएपछि बुढीगण्डकीमा तुइन जडान



गोरखा । बाढीले झोलुङ्गे पुल बगाएपछि धार्चे गाउँपालिकाका बासिन्दालाई लक्ष्यित गरी बुढीगण्डकीमाथि तुइन जडान गरेको छ । जडानसँगै यसको प्रयोग पनि थालिएको छ ।

झोलुङ्गे पुल महाशाखाले धार्चे गाउँपालिकाको केन्द्र माछाखोलालाई लामाबेँसी र केरौँजासँग जोड्ने गरी दुई वटा तुइन जडान गरेको छ ।

यसअघि धार्चे–३ को खोर्लाबेँसी र धार्चे–२ को केरौँजाबेँसी जोड्ने अर्को तुइन सञ्चालनमा ल्याइएको थियो । तुइनबाट एक पटकमा दुई जनासम्म वारपार गर्न सकिन्छ । स्थानीय युवाले तुइन सञ्चालनमा सहयोग गर्दै आएका छन् ।

तुइनबाट केरौँजा र लामाबेँसीका साथै आसपासका क्षेत्रका सर्वसाधारणलाई नदी तर्न केही सहज भएको छ । तुइनको यात्रा जोखिमपूर्ण भएको गुनासो स्थानीय फिरेन्द्र घलेको छ । उनले तत्काल झोलुङ्गे पुल निर्माण गर्नुपर्नेमा जोड दिएका छन् ।

प्रकाशित मिति : ११ मंसिर २०८३, शुक्रबार  ११ : २६ बजे

Your email address will not be published.

बाढीले पुल बगाएपछि बुढीगण्डकीमा तुइन जडान

गोरखा । बाढीले झोलुङ्गे पुल बगाएपछि धार्चे गाउँपालिकाका बासिन्दालाई लक्ष्यित

भोटेकोशी बाढीपीडित बालबालिकालाई मासिक १७ हजार ५०० दिइने

रसुवा । सरकारले भोटेकोशी बाढीबाट प्रभावित बालबालिकाको दीर्घकालीन संरक्षण, हेरचाह

पर्यटकीय क्षेत्र ढोरपाटन उपत्यकामा पुग्यो राष्ट्रिय प्रसारण प्रणालीको विद्युत

काठमाडौं। नेपाल विद्युत् प्राधिकरणले बागलुङ जिल्लाको पश्चिममा अवस्थित पर्यटकीय क्षेत्र

सुनचाँदीको मूल्य आज पनि बढ्यो

काठमाडौं । स्थानीय बजारमा सुनचाँदी मूल्य बढेको छ । छापावाल

बर्सेनि एक करोड २० लाख बालिकाको विवाह, बालविवाह अन्त्य गर्न राष्ट्रसङ्घको आह्वान

काठमाडौं । आज बालविवाह र जबर्जस्ती विवाह अन्त्यसम्बन्धी अन्तरराष्ट्रिय दिवस