पोखरा । नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा गरिएको भैरहवा हवाई प्रवेशमार्ग दुईतर्फी बनाउने सहमति सकारात्मक रहेको बताएका छन् ।
प्रेस चौतारी नेपाल, कास्कीद्वारा यहाँ आयोजित पत्रकार भेटघाटमा उनले त्यससम्बन्धी प्राविधिक विषयलाई छिटो टुङ्ग्याएर उक्त हवाई प्रवेशमार्गलाई दुईतर्फी सञ्चालनमा ल्याउन सरकारले तदारुकता देखाउनुपर्ने बताए ।
प्रधानमन्त्रीबाट भारतको भ्रमणका क्रममा भएका सहमति÷समझदारी कार्यान्वयन हुनुपर्नेमा उनले जोड दिए ।
यसैबीच, महासचिव पोखरेलले आगामी स्थानीय तह र प्रदेशसभा निर्वाचनमा विचार मिल्ने दलसँग पार्टीले तालमेल गरी अगाडि बढ्ने बताए।
“कुन दलसँग तालमेल गर्ने कुरा टुङ्गिएको छैन, तर निवार्चनमा विचार मिल्ने दलहरुबीच मिलेर जाने विषयमा छलफल भइरहेको छ”, उनले भने। महासचिव पोखरेलले एमालेलाई थप एकताबद्ध र सुदृढ गर्दै आगामी निर्वाचनमा जाने बताए ।
















प्रतिक्रिया