१२ मंसिर २०८३, शनिबार | November 28, 2026

पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृत्यु



लिमा । पेरुको दक्षिणपूर्वी क्षेत्रमा सैन्य कर्मचारी बोकेको वायु सेनाको हेलिकप्टर दुर्घटनाग्रस्त हुँदा आठ जनाको मृत्यु भएको छ भने पाइलट गम्भीर घाइते भएका छन् । पेरुको रक्षा मन्त्रालयले शुक्रबार दुर्घटनाबारे जानकारी दिँदै हेलिकप्टर कोका उत्पादन हुने दुर्गम नदी उपत्यकामा दुर्घटनाग्रस्त भएको जनाएको छ ।

अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो ।

रक्षा मन्त्रालयले जारी गरेको विज्ञप्तिमा खोजी तथा उद्धार टोलीले दुर्घटनाग्रस्त हेलिकप्टर र त्यसमा सवार नौ जना सैन्य कर्मचारी फेला पारेको उल्लेख छ ।

विज्ञप्तिमा भनिएको छ, “पाइलट तथा दुर्घटनामा बाँच्न सफल एकमात्र व्यक्ति एन्जो एस्पिनोजा रोकलाई थप उपचारका लागि लिमा लगिएको छ ।”

पेरुको सबैभन्दा ठूलो कोका उत्पादन क्षेत्र मानिने भाले देल रियो अपुरिमेक, एने इ मन्तारो (भ्राएम) उपत्यका लागुऔषध तस्करी र साइनिङ पाथ गुरिल्ला समूहका अवशेषहरूको उपस्थितिका कारण दशकौँदेखि सैन्यकरण गरिएको क्षेत्र हो ।

अयाकुचो क्षेत्रमा पर्ने दुर्गम समुदाय सानाबाम्बामा तीन जना सैनिकको उद्धार गरेपछि बिहीबार राति उक्त हेलिकप्टर बेपत्ता भएको बताइएको थियो । ती सैनिकलाई किन उद्धार गर्नुपरेको थियो भन्नेबारे अधिकारीहरूले कुनै विवरण दिएका छैनन् । दुर्घटनामा मृत्यु हुनेमा ती सैनिक पनि परेको जनाइएको छ ।

यसअघि फेब्रुअरीमा दक्षिणी पेरुमा अर्को एमआई–१७ हेलिकप्टर दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार सबै १५ जनाको मृत्यु भएको थियो ।

संयुक्त राष्ट्रसङ्घका अनुसार पेरु कोकाको पात र कोकेन उत्पादन गर्ने विश्वका प्रमुख मुलुकमध्ये एक हो ।

प्रकाशित मिति : १२ मंसिर २०८३, शनिबार  ९ : ५१ बजे

Your email address will not be published.

प्रधानमन्त्री लक्षित विश्वप्रकाशको टिप्पणी – ‘षड्यन्त्रका पत्रहरू क्रमशः खुल्दै छन्, अब पर्दा पूरै च्यातिनुपर्छ’

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटाकी

पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृत्यु

लिमा । पेरुको दक्षिणपूर्वी क्षेत्रमा सैन्य कर्मचारी बोकेको वायु सेनाको

अध्यागमन विभागको महानिर्देशक फेरिए, सात जिल्लाका सिडिओ हेरफेर

काठमाडौं । गृह मन्त्रालयले अध्यागमन विभागको महानिर्देशक परिवर्तन गर्नुका साथै

वासिङ्टनको रीगन विमानस्थलमा अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा ठोक्किए

वासिङ्टन । वासिङ्टन डीसीस्थित रीगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन

दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग

कास्की । कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु