१३ मंसिर २०८३, आइतबार | November 29, 2026

जापानबाट फर्किएर किवीखेतीमा रमाउँदै घर्ती



बागलुङ । वैदेशिक रोजगारीका लागि जापान पुगेका निसीखोला गाउँपालिका-४ थापागाउँका लीलाबहादुर घर्ती एक वर्षमै स्वदेश फर्किएर कृषि उद्यममा रमाएका छन । विदेशमा राम्रो आम्दानी गर्ने सपना बोकेर जापान पुगेका उनी आफ्नै गाउँको माटो र कृषि कर्मप्रतिको आकर्षणका कारण लामो समय विदेशमा बस्न सकेनन् ।

जापानको रोजगारी छाडेर फर्किएका घर्ती अहिले आफ्नै गाउँमा फलफूल, तरकारीखेती तथा पशुपालन व्यवसाय विस्तारमा जुटेका छन । उनले निसीखोला-४ स्थित विस्मारेमा ‘अमृत फलफूल तथा तरकारी पशुपन्छीपालन कृषि फार्म प्रालि’ सञ्चालन गरिरहेको छन ।

घर्तीले २०७१ सालदेखि व्यावसायिक कृषि सुरु गरेका हुन । भारतको हिमाचल प्रदेशमा बसोबास गर्दा स्याउ र किवीखेतीबारे जानकारी तथा अनुभव हासिल गरेका घर्तीले स्वदेश फर्किएपछि करिब १० रोपनी जग्गामा किवीखेती सुरु गरेका थिए । कृषि व्यवसायमा केही वर्ष बिताएपछि उनी वैदेशिक रोजगारीका लागि जापान गएका थिए । तर, विदेशको बसाइभन्दा आफ्नै गाउँमा सुरु गरेको कृषि व्यवसायप्रतिको मोह बलियो भएपछि एक वर्षमै फर्किए ।

किवीखेतीलाई निरन्तरता दिँदै कृषि व्यवसाय विविधिकरणमा लागेका घर्तीले किवी बिक्रीबाट वार्षिक करिब रु तीन लाख आम्दानी गर्दै आएका छन । उनले टिमुरखेतीसमेत विस्तार गरेका छन । हाल एउटा गाई पालेर दूध बिक्री गर्दै आएका उनले व्यावसायिक बङ्गुरपालन सुरु गर्ने तयारी गरेका छन । त्यसका लागि आवश्यक भौतिक संरचनासमेत निर्माण गरिसकेका छन ।

कृषि र पशुपालनलाई एकीकृत रूपमा अघि बढाउँदा उत्पादन लागत घटाउनुका साथै आम्दानी बढाउन सकिने उनको विश्वास छ । पशुपालनबाट प्राप्त हुने मल कृषि उत्पादनमा प्रयोग गर्न सकिने भएकाले दुवै व्यवसायलाई सँगसँगै अघि बढाउने योजना बनाएको उनी बताउँछन ।

“कृषिमा मल आवश्यक पर्छ, पशुपालनबाट मल प्राप्त हुन्छ । त्यसैले कृषि र पशुपालनलाई एकीकृत रूपमा अघि बढाउने सोच बनाएको छु”, घर्तीले भने, “भारतमा सिकेको कृषि अनुभव र जापान गएर फर्किएपछिको भोगाइलाई अहिले आफ्नै माटोमा प्रयोग गरिरहेको छु ।”

कृषि उद्यमसँगै घर्ती सामाजिक सेवामा पनि सक्रिय छन । उनी निसीखोला गाउँपालिका-४ का वडा सदस्यसमेत हुन । जनप्रतिनिधिको जिम्मेवारी निर्वाह गर्दै कृषि उत्पादनमा समेत संलग्न घर्ती जनप्रतिनिधि आफैँ उत्पादन र उद्यमशीलतामा लाग्नुपर्ने धारणा राखे ।

वैदेशिक रोजगारीका लागि विदेश जाने र उतै भविष्य खोज्ने युवाको सङ्ख्या बढिरहेका बेला घर्तीले भने आफ्नै गाउँमा कृषि उद्यमको सम्भावना खोजिरहेका छन ।

प्रकाशित मिति : १३ मंसिर २०८३, आइतबार  ८ : ४१ बजे

Your email address will not be published.

कांग्रेसको ‘हामी तयार छौँ अभियान’ अन्तर्गत आज अभिमुखीकरण

काठमाडौं । नेपाली कांग्रेसले देशभरका ७५३ वटै पालिकामा सञ्चालन गर्ने

जापानबाट फर्किएर किवीखेतीमा रमाउँदै घर्ती

बागलुङ । वैदेशिक रोजगारीका लागि जापान पुगेका निसीखोला गाउँपालिका-४ थापागाउँका

सीमा सुरक्षा र अपराध नियन्त्रण गर्न स्थानीयसँग सहकार्य गर्दै सशस्त्र प्रहरी

रौतहट । सशस्त्र प्रहरी बल नेपालले नेपाल-भारत सीमा क्षेत्रमा हुने

पोखरामा दाइँ महोत्सव : धान चुटेर र गोरु धपाएर रमाए विदेशी पर्यटक

कास्की । पोखरा महानगरपालिका-२९ नौबिसेटोलमा शनिबार बिहानैदेखि परम्परागत दाइँको रौनक

दैलेखको मिथेन ग्यास खानी उत्खननलाई उच्च प्राथमिकतामा राख्छौँ : सभापति लामिछाने

दैलेख । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले