२९ बैशाख २०८३, मंगलबार | May 12, 2026

सुदूरपश्चिममा आज बिसु पर्व मनाइँदै : टाढिएका सम्बन्ध जोड्ने

कञ्चनपुर । सुदूरपश्चिम क्षेत्रमा आज धुमधामका साथ बिसु पर्व मनाइँदैछ । नयाँ वर्षको सुरुवातसँगै वैशाख १ गते मनाइने बिसु पर्व केवल चाड मात्र नभई पारिवारिक पुनर्मिलन, सामाजिक एकता र सांस्कृतिक निरन्तरताको प्रतीकका रूपमा स्थापित हुँदै गएको छ । रोजगारी, अध्ययन वा अन्य कारणले देशविदेशमा रहेकाहरू यो पर्व मनाउनका लागि घर फर्कने परम्पराले गाउँघरमा विशेष रौनक…