२६ भदौ २०८३, शुक्रबार | September 12, 2026

एसपीपी मान्य छैन, अमेरिकासँग सैन्य गठबन्धनमा सामेल हुँदैनौं : प्रधानसेनापति शर्मा



काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्माले अमेरिकासँग सैन्य गठबन्धन नहुने स्पष्ट पारेका छन् ।

संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समिति बैठकलाई एसपीपीबारे जवाफ दिँदै प्रधानसेनापति शर्माले अमेरिकालाई सैन्य गठबन्धनमा सामेल नहुने कुरा बताइसकेको बताएका हुन् ।

शर्माले भने, ‘मैले सैन्य गठबन्धन हुँदैन भनेर अमेरिकी अधिकारीहरुलाई पनि भनेको छु । थप आशंका नगरौं यसलाई यहीँ नै निराकरण गरौं ।’ प्रधानसेनापति शर्माले एसपीपी नआएको र आए पनि मान्य नहुने बताउँदै भने ”एसपीपी कुनै हालतमा हाम्रो काम छैन । एसपीपी हाम्रो लागि मान्य छैन, प्रधानसेनापति शर्माले भने । बाहिर डकुमेन्ट सार्वजनिक भएपछि क्रिया र प्रतिक्रिया आउनु स्वाभाविक भए पनि अब त्यसमा बिराम लगाउनुपर्छ ।’

प्रधानसेनापति शर्माले यसअघि सेनाले सरकारको स्वीकृतिमा एसपीपी सम्बन्धी पत्र पठाएको स्वीकार गरे । उनले सो पत्र सैन्य गठबन्धनमा सामेल हुन नलेखिएको जिकिर गरे । उनले भने, ‘अहिले नेपाली सेनाले लेखेको जुन पत्र आएको छ, यो सत्य हो । चिठी लेखिएको साँचो हो । तर चिठी लेख्दैमा सैन्य अलाएन्स लेखिएको छैन ।’ भूकम्पको बेला मानवीय सहायताका लागि भनेर पत्र लेखिएको उनले जानकारी दिए ।

शर्माले हालै सार्वजनिक भएको १० बुँदे प्रस्तावका बारेमा नेपाली सेना जानकार नभएको भन्दै त्यो एकता भाँडने प्रयासले बाहिर आएकोसमेत बताएका छन । आफ्नो अमेरिकन भ्रमणका क्रममा कुनै हस्ताक्षरको कार्यक्रमा पनि नभएको उनको भनाइ छ ।

अमेरिकी सरकारले एसपीपीमा हस्ताक्षर गराउनका लागि दबाब दिएको भन्ने टिकाटिप्पणी भइरहेको बेला प्रधासेनापति शर्माले अमेरिका भ्रमण विशुद्ध मैत्रीपुर्ण भएको पनि बताएका छन । ‘अहिले जुन १० बुँदे फरम्याट बाहिर आएको छ, त्यो आएको नै होइन, यो त हाम्रो एकता नचाहनेले यस्तो गरेको हुन सक्छ, यसमा हामी सचेत हुनुपर्छ,’ उनले बैठकमा भने, ‘ढुक्क हुनुहोस्, नेपाली सेनाले कदापि नेपाली जनताको भावनाविपरीत कुनै पनि काम गर्दैन ।’

प्रधानसेनापति राणाले अमेरिकन भ्रमणका क्रममा कुनै पनि हस्ताक्षर कार्यक्रम नभएको पनि जनाए । ‘मेरो अमेरिका भ्रमणमा कुनै पनि कुराको सिग्नेचर गर्ने कार्यक्रम छैन, त्यसमा अमेरिकाले पनि भनेको छैन, यो मैत्रीपुर्ण भ्रमण हो, यसबाट सशंकित हुनुपर्ने नै छैन,’ उनको भनाइ छ ।

प्रधानसेनपति शर्मा शनिबार लेवनान जाने र त्यसको एक हप्तापछि मात्र अमेरिका जानेछन् भने सो बीचमा उनले सिरियामा कार्यरत नेपालका शान्ति सेनासँग भेटघाट गर्नेछन् । ‘म भोलि लेवनान जाँदै छु, त्यसको दुई दिनपछि सिरिया र त्यहिँबाट एक हप्तापछि अमेरिकाको भ्रमण गर्न लागेको छु, यो भ्रमणमा केही हस्ताक्षर हुनेवाला छैन,’ प्रधानसेनापति शर्माले भने ।

 

 

प्रकाशित मिति : ३ असार २०७९, शुक्रबार  १० : १७ बजे

हरितालिका तीजका दिन लुम्बिनी प्रदेशमा सार्वजनिक बिदा

नेपालगन्ज । हरितालिका तीजको अवसरमा संघीय सरकारबाट महिलाहरुका लागि सार्वजनिक

भोटेकोशी बाढी : छोराबुहारी बेपत्ता, घर फर्कने आशमा आमाबुवा

बर्दिया । रसुवाको भोटेकोशी नदीमा आएको बाढीले एउटै परिवारका दुई

सडकपेटीमा सुत्केरी : काममा खटिएका छ जना कर्मचारी निलम्बित

सप्तरी । राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना भएकै अवस्थामा अस्पताल

माछापुच्छ्रे बैंकले ६ प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले आफ्ना शेयरधनीहरुलाई चूक्तापूँजीको ६ प्रतिशत

ग्यास प्रतिसिलिन्डर २१६५ रुपैयाँभन्दा बढी मूल्य लिए डिलर खारेज गरिने

काठमाडौं । नेपाल ग्यास उद्योगले प्रतिसिलिन्डर २१६५ रुपैयाँभन्दा बढी मूल्य