२६ भदौ २०८३, शुक्रबार | September 12, 2026

परराष्ट्रमन्त्रीले एसपीपी नकोट्याउँ भन्न पाउँदैनन : भीम रावल



काठमाडौं । पूर्वपरराष्ट्रमन्त्री एवं नेकपा एमालेका सांसद भीम रावलले परराष्ट्रमन्त्रीले एसपीपीबारे धेरै नकोट्याउँ भनेको विषयप्रति आपत्ति जनाएका छन् ।

प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको शुक्रबार बिहानको बैठकमा बोल्दै सांसद रावलले एसपीपीको च्याप्टर क्लोज गर्ने हो भने नेपालले अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) मा सहभागी नहुने भनेर अमेरिकालाई पत्र पठाउनुपर्ने जिकिर गरे । मन्त्री खड्काले एसपीपीबारे च्याप्टर क्लोज भएको बताउँदै अब धेरै नकोट्याउन आग्रह गरेका थिए । ‘परराष्ट्रमन्त्रीले एसपीपी नकोट्याउँ भन्नुभएको छस त्यस्तो भन्न मिल्दैन । यससम्बन्धी विस्तृत रुपमा जानकारी दिनु पदीय र कानुनी दायित्व हो‚’ रावलले भने‚ ‘संसदीय समितिमा यो कुरा स्पष्ट राख्नुपर्छ ।’

रावलले अमेरिकाले एसपीपी अमेरिकाको इन्डो प्यासिफिक स्ट्राटिजी आईपीएसकै अंक भएको बताउने तर परराष्ट्रमन्त्रीले होइन भनेर प्रष्टिकरण दिएको विरोधाभासपूर्ण भएको जिकिर गरे । त्यसपछि खड्काले भने रावल बोल्दै गर्दा आफुले त्यस्तो नभनेको बताएका थिए ।

रावलले एसपीसीबारे छानविन गर्न संसदीय समिति बनाउनुपर्ने माग गरे । उनले भने, ‘एसपीपी प्रकरणबारे छानबिन समिति बनाऔं, यो प्रक्रियामा भएका सम्पूर्ण कागजात जम्मा गरेर अध्ययन गरेर को दोषी छ पत्ता लगाउन आग्रह गर्दछु ।’

प्रकाशित मिति : ३ असार २०७९, शुक्रबार  ११ : २८ बजे

हरितालिका तीजका दिन लुम्बिनी प्रदेशमा सार्वजनिक बिदा

नेपालगन्ज । हरितालिका तीजको अवसरमा संघीय सरकारबाट महिलाहरुका लागि सार्वजनिक

भोटेकोशी बाढी : छोराबुहारी बेपत्ता, घर फर्कने आशमा आमाबुवा

बर्दिया । रसुवाको भोटेकोशी नदीमा आएको बाढीले एउटै परिवारका दुई

सडकपेटीमा सुत्केरी : काममा खटिएका छ जना कर्मचारी निलम्बित

सप्तरी । राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना भएकै अवस्थामा अस्पताल

माछापुच्छ्रे बैंकले ६ प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले आफ्ना शेयरधनीहरुलाई चूक्तापूँजीको ६ प्रतिशत

ग्यास प्रतिसिलिन्डर २१६५ रुपैयाँभन्दा बढी मूल्य लिए डिलर खारेज गरिने

काठमाडौं । नेपाल ग्यास उद्योगले प्रतिसिलिन्डर २१६५ रुपैयाँभन्दा बढी मूल्य