२९ असार २०८३, सोमबार | July 13, 2026

एसपीपीबारे ओलीको स्पष्टीकरण – दूतावासलाई पठाएको पत्रबारे सेनाले मलाई जानकारी गराएन



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अमेरिकाको स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) अघि बढाउने विषयमा सेनाले आफुसँग कहिल्यै सल्लाह नलिएको दाबी गरेका छन् ।

स्थानीय तहमा निर्वाचित पार्टीका जनप्रतिनिधिहरुको अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले सन् ओलीले २०१५ मा अमेरिकी दूतावासलाई पत्र लेख्नुअघि सैनिक नेतृत्वले आफुलाई कुनै जानकारी नगराएको बताएका हुन् । ओली सेनाले पत्र पठाएको भनिएको १५ दिन अघि प्रधानमन्त्री बनेका थिए । उनले रक्षामन्त्रालयको समेत जिम्मेवारी सम्हालेका थिए ।

ओलीले आफु प्रधानमन्त्री बन्नुभन्दा पहिले नै २०७२ असो ६ गते तत्कालिन प्रधानमन्त्री सुशील कोइरालाले रक्षामन्त्रीको हैसियतमा एसपीपीमा सहभागी हुन पत्राचार गर्ने निर्णय गरेको र १३ गते सैनिक मुख्यालय पठाएको बताए । ओलीले भने ‘म असो २४ गते प्रधानमन्त्री बनेँ । २५ गते सपथ लिएँ । तर तत्कालिन प्रधानसेनापति राजेन्द्र क्षेत्रीले कात्तिक १० गते अमेरिकी दूतावासलाई पत्र पठाएका रहेछन् । हामीलाई कतै बताइएन ।’

दूतावासलाई सेनापतिले नभएर परराष्ट्र मन्त्रालय र रक्षा मन्त्रालयले पत्राचार गर्ने भन्दै उनले भने, ‘सामान्यतः सेनापतिले पत्र त्यसरी लेख्दैन, दूतावासलाई सेनापतिले होइन परराष्ट्र मन्त्रालयले, रक्षामन्त्रालयले लेख्ने हो । सेनापति आफैँले लेखेको रहेछ, कसैलाई थाहा भएन ।’
ओलीले आफुपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री हुँदा पनि २०७४ को वैशाख २०७४ मा प्रधानसेनापति क्षेत्रीले नै फेरि पत्र लेखेर अघि बढाउन आग्रह गरेको बताए । पछि आफु पुनः प्रधानमन्त्री भएको बेलामा अमेरिकाले नेपाल र श्रीलंकालाई इण्डोप्यासिफिक स्ट्राटेजीमा संलग्न गरेपछि छानविन गर्न परराष्ट्र सचिवको नेतृत्वमा कार्यदल बनाएको र त्यसको सिफारिसका आधारमा एसपीपीमा समेत सहभागी नहुने निर्णय गरेको उनले दाबी गरे ।

ओलीले प्रधानमन्त्री शेरबहादुर देउवा जालझेल र तिकडम गर्न निकै सिपालु भएको पनि आरोप लगाए । उनले देउवाले कहिल्यै पनि चुनाव जितेर प्रधानमन्त्री नबनेको दाबी गरे । ओलीले एमाले बाहेक अन्य कुनै दलसँग देश बनाउने नीति नरहेको दाबी समेत गरे ।

 

 

 

प्रकाशित मिति : ३ असार २०७९, शुक्रबार  ४ : ४० बजे

कालीकोटमा पहिरोमा परेर दुई जनाको मृत्यु

कालीकोट । कालीकोटमा पहिरोमा पुरिएर दुई जनाको मृत्यु भएको छ

नेपालगन्जमा मनाइयो आदिकवि भानुभक्तको २१३ औं जन्म जयन्ती

नेपालगन्ज । बाँकेको नेपालगन्जमा आदिकवि भानुभक्त आचार्य को २१३ औं

कांग्रेस सभापति गगन थापाको निवासअगाडि पनि शंकास्पद गाडी पार्किङ

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाको रातोपुलस्थित निवासअगाडि पनि

मोदी खोलाले सडक बगाउँदा घान्द्रुकमा पर्यटक अलपत्र

कास्की । मोदी खोलामा आइतबार आएको बाढीले पक्की सडक बगाउँदा

३०.६० अंकको गिरावटसँगै बजार २५७० मा झर्‍यो, ८ महिनायताकै न्यून बिन्दुमा नेप्से

काठमाडौं । सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३०.६० अंकले