२६ बैशाख २०८३, शनिबार | May 9, 2026

एकीकृत समाजवादीले बोलायो केन्द्रीय कमिटी बैठक



काठमाडौं । स्थानीय चुनावको समीक्षा गर्न नेकपा (एकीकृत समाजवादी) ले पोलिट ब्यूरो र केन्द्रीय कमिटी बैठक बोलाएको छ ।

गत वैशाख ३० गते भएको स्थानीय चुनावमा एकीकृत समाजवादीले आशा गरिएअनुसार, जित हासिल गर्न सकेको थिएन । पाँच दलीय गठबन्धनमा सहभागी दलहरुले सहयोग नगरेको एकीकृत समाजवादीका नेताहरु आरोप लगाउँदै आएका छन् ।

यसअघि चुनावकै विषयमा केन्द्रित भएर स्थायी कमिटी बैठकमा समीक्षा गरिएको थियो । स्थायी कमिटीले पोलिट ब्यूरो र केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय गरेको थियो ।

जसअनुसार, असार १० गते पोलिट ब्यूरो बैठक बोलाइएको छ । त्यसमा स्थानीय चुनावको समीक्षा हुने जनाइएको छ । पोलिट ब्यूरो बैठकले केन्द्रीय कमिटी बैठकका अजेन्डा पनि तय गर्नेछ ।

त्यसपछि असार ११ गते केन्द्रीय कमिटी बैठक बस्ने भएको छ । यसमा पनि स्थानीय चुनावको समीक्षासँगै आगामी संघ र प्रदेश सभाको चुनावको तयारीका विषयमा छलफल हुने जनाइएको छ ।

केन्द्रीय कमिटी बैठकपछि एकीकृत समाजवादीले केन्द्रीय परिषद्को बैठक बोलाएको छ । केन्द्रीय परिषद् बैठक असार १३ र १४ गते बस्ने भएको छ ।

प्रकाशित मिति : ७ असार २०७९, मंगलबार  ८ : ३० बजे

बाँकेको नरैनापुरमा छोटी भन्सार सञ्चालनमा आउँदै

नेपालगन्ज । द्वन्द्वकालमा बन्द रहेको बाँकेको छोटी भन्सार नरैनापुर सञ्चानलमा

रास्वपाले आजदेखि सांसदहरूलाई दुईदिने प्रशिक्षण दिँदै

काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभामा पार्टीबाट निर्वाचित

सहज हुँदै भैरहवा नाकाको भन्सार प्रक्रिया

भैरहवा । अधिकतम खुद्रा मूल्य (एमआरपी) उल्लेख नभएका कारण रोकिएका

बुटवलमा आजदेखि राष्ट्रिय सञ्चार सम्मेलन तथा मिडिया मन्थन आयोजना हुँदै

बुटवल । नेपाल पत्रकार महासंघ रुपन्देहीको आयोजनामा आज (शनिबार)देखि बुटवलमा

पहाड र हिमालमा मध्यम वर्षा/हिमपात, तराईमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना

काठमाडौं । नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायूको साथै