१७ श्रावण २०८३, आइतबार | August 2, 2026

भारतलाई नेपालको प्रष्ट सन्देश, – कालापानीबाट आफ्नो सेना तत्काल फिर्ता गर



काठमाडौं । संघीय संसदमा दर्ता भएको नेपालको अतिक्रमित भूमि समेटिएको नयाँ नक्शालाई वैधानिकता दिने संविधान संशोधन प्रस्ताव मंगलबार छलफलका लागि अघि नबढेपछि भारतमा हर्ष बढाईं भयो । ‘फेक न्यूज’को धन्धा चलाउने भारतीय मिडियाले विशेषगरी न्यूज टेलिभिजनहरुले नेपाल संविधान संशोधनबाट पछि हटेको, भारतको कुटनीतिक विजय प्राप्त भएको भन्दै रमित देखाए ।

तर, नेपालले भारतकै एक प्रष्तिष्ठित दैनिक पत्रिकामार्फत भारतीय सेनाले नेपालको अतिक्रमित भूमि फिर्ता गर्नुपर्ने अडान स्पष्ट पारेको छ ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीेले भारतीय दैनिक द हिन्दुका लागि कालोल भट्टाचार्यलाई दिएको अन्तवार्तामार्फत सुगौली सन्धीअनुसार नेपाली भूमिबाट भारतीय सुरक्षाफौज तत्काल फिर्ता हुनुपर्ने बताउनुभएको छ ।

परराष्ट्रमन्त्री ज्ञवालीले नेपाल र भारतबीच बढेको सीमा समस्या समाधान गर्न त्यस क्षेत्रमा यथास्थितिको अवस्था सिर्जना गर्न भारतीय फौज कालापानी क्षेत्रबाट हट्नुपर्ने बताउनुभएको हो ।

भारतले सुगौली सन्धीको मूलस्प्रिटको अक्षरशः पालना र सम्मान गरोस भन्ने नेपालले चाहेको मन्त्री ज्ञवालीले बताउनुभएको छ । नेपाल भारतसँग सम्वादबाटै समस्याको समाधान होस भन्ने चाहेको भन्दै ज्ञवालीले नेपालको बारम्बारको वार्ता प्रस्तावलाई भारतीय पक्षले जवाफ नदिएको स्पष्ट पार्नुभएको छ । उहाँले नेपालले सो विषय टुंग्याउनका लागि सचिवस्तरीय बैठक गरौं भनी भनिरहँदा पनि त्यसो हुन नसकेको बताउनुभएको छ ।

सबैभन्दा उपयुक्त बाटो भनेकै भारतले कालापानीमा तैनाथ गरेका सुरक्षा फौज फिर्ता गर्ने र सो भूमि नेपाललाई फिर्ता गर्ने नै हो,’ ज्ञवालीले द हिन्दूलाई दिएको अन्तरवार्तामा भन्नुभएको छ, ‘हामीले त नेपालको भूमिमा सडक निर्माण जस्ता एकपक्षीय काम गरिनु हुँदैनथ्यो र यो कुरा संवादबाटै जतिसक्दो छिटो सुल्झाउनुपर्छ भनेर भनिरह्यौं।’

भारतले गत नोभेम्बरमा नयाँ नक्शा जारी गरेर नेपाललाई निराश बनाएको पनि परराष्ट्र मन्त्री ज्ञवालीले बताउनुभएको छ । नेपाल र भारतबीच गहन सम्बन्ध रहेको स्मरण गर्दै उहाँले नेपाल र भारतबीच सन् १९९७ देखि धानमन्त्री तहमा भएका समझदारीलाई तोडिएको गुनासो गर्नुभएको छ ।

प्रकाशित मिति : १५ जेष्ठ २०७७, बिहिबार  ११ : २१ बजे

‘कल बाइसपास’मा संलग्न चार जना पक्राउ

काठमाडौं । अवैधरूपमा अन्तरराष्ट्रिय कल बाइपास (भिओआइपी) मा संलग्न चार

सुस्तामा भारतीय एसएसबीको प्रवेश, निर्माणाधीन बाँध भत्काए

बुटवल । पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा आइतबार भारतीय सशस्त्र सीमा

ब्रोड पीकको ५ हजार ७०० मिटरमा भेटियो निर्मल पुर्जाको शव

काठमाडौं । पाकिस्तानको काराकोरम पर्वतशृंखलामा रहेको ८,०४७ मिटर अग्लो ब्रोड

सरकारद्वारा हिम पहिरोमा परी निधन भएका आरोहीप्रति दुःख व्यक्त

काठमाडौं । नेपाल सरकारले विश्वको १२ औँ अग्लो हिमाल ‘ब्रोड

चौंथो स्थापना दिवसमा स्याङ्जा कारिकोट चण्डीभन्ज्याङ सम्पर्क समाजद्वारा रक्तदान, ४३ युनिट रगत संकलन

बुटवल । स्याङ्जा कारिकोट चण्डीभन्ज्याङ सम्पर्क समाज रुपन्देहीले आफ्नो चौंथो