२८ असार २०८३, आइतबार | July 13, 2026

भक्तपुर नगरपालिकाले मुल सडकको दायाँंबायाँं हरियाली प्रवर्द्धन गर्ने



भक्तपुर । भक्तपुर नगरपालिकाले पुरानो सहरको मुल सडकको दायाँंबायाँं हरियाली प्रवर्द्धनको नीति लिएको छ । बुधबारदेखि सुरू भएको १२औँ नगरसभा उद्घाटन समारोहमा नगर प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरको सौदर्यता अभिवृद्धि गर्न यस्तो नीति लिएको बताए । नगरसभामा आर्थिक वर्ष ०७९/८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उनले त्यसका लागि घरधनी र पसल धनीहरूसँंग समन्वय गर्ने बताए ।

नगरसभाको उद्घाटन नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित)ले गरेका थिए । त्यस अवसरमा उनले नेपालका युवालाई सही राजनीतिक ज्ञान नदिँदा विदेशी संस्कृतिले प्रभाव जमाइरहेकोेमा चिन्ता व्यक्त गरे ।

प्रतिनिधिसभाका सांसद प्रेम सुवालले भारतीय एकाधिकारी पुँजीले नेपाललाई अघोषित नाकाबन्दी गरिरहेको बताए । उनले नेपाल सरकारको बजेट जनमुखी नभई पुँजीपति वर्गको हितमा रहेको दाबी पनि गरे ।

कार्यक्रममा बागमती प्रदेश सभाका सदस्य सुरेन्द्रराज गोसाई, सृजना सैंजु, भक्तपुर नपाका उपप्रमुख रजनी जोशी, भक्तपुर क्यान्सर अस्पतालका कार्यकारी निर्देशक प्रा।डा। विष्णुदत्त पौडेल, भनपा ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्व, नपाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरीलगायतले नगरको विकासमा सबै एकजुट भएर लाग्नुपर्ने बताए ।

प्रकाशित मिति : ८ असार २०७९, बुधबार  ५ : ०८ बजे

देशभर वर्षा : विशेष सतर्कता अपनाउन आग्रह

काठमाडौँ । काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानमा आज वर्षा भइरहेको

मोदीखोलाको बाढीले घर, होटल र पुल बगायो, घान्द्रुक सडक अवरुद्ध

कास्की । कास्कीको अन्नपूर्ण गाउँपालिका-११ स्थित किम्रुङ खोलामा आज आएको

लुम्बिनी वास्तु सम्मेलन सातबुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका-५, मणिग्राममा आयोजित लुम्बिनी वास्तु सम्मेलन-२०८३

राप्तीमा बेपत्ता एक जनाको शव फेला

नेपालगन्ज । बाँकेको राप्ती नदीको कम्दी खण्डमा पौडी खेल्ने क्रममा

अमेरिकी सिनेटर तथा ट्रम्पका प्रमुख सहयोगी ग्राहमको ७१ वर्षको उमेरमा निधन

वाशिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका निकट सहयोगी तथा प्रभावशाली