२९ चैत्र २०८२, आइतबार | April 12, 2026

जुनोटिक रोग विषयमा समयमा नै सचेतना आवश्यक



बुटवल । पशुपंक्षीबाट मानिसमा सर्ने र मानिसबाट पशुपंक्षिमा सर्ने जुनोटिक रोगको रोकथामका लागि पुर्व सावधानी अपनाउनुपर्नेमा जोड दिइएको छ ।

पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालयको आयोजना बुटवलमा भएको ‘एक स्वासथ्य सम्बन्धी’ सचेतना गोष्ठीमा बोल्दै विज्ञले रोगको लागेर उपचार गर्न भन्दा पहिला रोग लाग्नै नदिने गरी सचेतना आवश्यक रहेको बताएका छन् ।

पशुपंक्षी तथा मत्स्य विकास निर्देशनलयका निमित्त प्रमुख डा. परवेज आलमको अध्यक्षता तथा कृषि खाद्य प्रविधि तथा भुमि व्यवस्था मन्त्रालयका सचिव याम नारायण देवकोटाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा पक्लिहवा कृषि क्याम्प भैरहवाका निर्देशक डा शुम्भु शाह, भेटेनरी एशोसियसन लुम्बिनी प्रदेश सचिव डा. पुष्पराज पन्त, मन्त्रालयका पुर्व पशुपंक्षी महाशाखा प्रमुख डा. प्रदिप शर्मा पौडेल, स्वाथ्य निर्देशनलय बुटवलका प्रमुख विनोद गिरी लगायतले कार्यपत्र प्रस्तुत गरेका थिए ।

कार्यक्रममा बोल्दै विज्ञहरुले समयमा नै रोगको पहिचान गरी सोही अनुसारको उपचार गरेमा मानिसबाट रोग पशुपंक्षीमा सर्न नपाउने र पशुपंक्षीबाट मानिसमा सर्न नपाउने हुँदा समयमा नै रोकथाम आवश्यक रहेको बताएका हुन ।

कार्यक्रममा बोल्दै कृषि खाद्य प्रविधि तथा भुमि व्यवस्था मन्त्रालयका सचिव याम नारायण देवकोटाले सबैको साझा पहलबाट ने विभिन्न प्रकृतिक रोगबाट बच्न र बचाउन सकिने बताए । उनले रोग लागेर उपचार भन्दा पनि रोग लाग्न नदिने गरी व्यवस्था गर्न आवश्यक रहेको बताएका हुन ।

कार्यक्रममा पशु क्वारेन्टाईन भैरहवा प्रमुख डा. भक्त निउरे, वन तथा वातावरण मन्त्रालयका प्रशासन प्रमुख शुरेशचन्द्र आचार्य, कृषि मन्त्रालयका पशुपंक्षि महाशाखा प्रमुख तुलसीराम भण्डारी,कृषि विकास निर्देशनालयका अधिकृत दयाराज बस्याल, सुनौना बराली, पशुपंक्षी निर्देशनालयका अधिकृत ऐश्वरा आचार्य, नरेन्द्र पौडेल, उपभेक्ता हित संरक्षण मन्च लुम्बिनी प्रदेश अध्यक्ष तेज कुमार पाठक लगायतले आ आफ्नो भनाई राखेका थिए ।

कार्यक्रममा किसान, सरोकारवाला निकाय, भेटेनरी एशोसियसन, पारा भेटेनरी संघ लगायत विभिन्न मन्त्रालयका सरोकारवालाहरुको सहभागीता रहेको थियो ।

प्रकाशित मिति : १० असार २०७९, शुक्रबार  ७ : २६ बजे

विमानस्थलका विद्युत् पोल नहट्दा सडक निर्माण प्रभावित

गण्डकी । पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा लगिएको ११ केभी डेडिकेटेड विद्युत्

आर्थिक गणनाको सम्पूर्ण तयारी पूरा

काठमाडौं । दोस्रो आर्थिक गणनाको तयारी अन्तिम चरणमा पुगेको छ

अन्तरराष्ट्रिय मानव अन्तरिक्ष उडान दिवस आज

काठमाडौं । मानव सभ्यतामा अन्तरिक्ष युगको सुरुआतको स्मरण गर्दै आज

एक वर्षमा सात हजार ६४८ विपद्का घटना : सबैभन्दा बढी आगलागीका

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार

आज केही स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं । हाल देशमा कमजोर पश्चिमी न्यून चापीय प्रणालीसँगै स्थानीय