१५ पुस २०८२, मंगलबार | December 30, 2025

एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक बस्दै



काठमाडौं । मन्त्री हेरफेर लगायतका विषयमा छलफल गर्न नेकपा (एकीकृत समाजवाद)को केन्द्रीय कमिटी बैठक बस्न लागेको छ ।

काठमाडौंको बबरमहलस्थित कार्की पार्टी ब्यांकेटमा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक बस्न लागेको हो । आज बिहान ११ बजे बैठक बोलाइएको एकीकृत समाजवादीका उपमहासचिव जगन्नाथ खतिवडाले बताए ।

गत दुई दिन एकीकृत समाजवादीको पोलिट ब्यूरो बैठक बसेको थियो । बैठकले मन्त्री हेरफेर लगायत केन्द्रीय कमिटी बैठकका लागि अजेन्डा तय गरेको थियो ।

आजको बैठकमा मन्त्री फेरबदलको विषयमा पनि छलफल हुने जनाइएको छ । यससँगै स्थानीय चुनावको समीक्षा, आगामी संघ र प्रदेशको चुनावको तयारीका विषयमा छलफल हुने उपमहासचिव खतिवडाले बताए ।

एकीकृत समाजवादीले चार जना मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरिसकेको छ । त्यसको कार्यान्वयनका लागि अध्यक्ष माधवकुमार नेपालले मन्त्रीहरुलाई आग्रह गरेका थिए ।

मन्त्रीहरुले भने पार्टीले फिर्ता बोलाउने निर्णयको विरोध गरेका छन् । उनीहरुले शुक्रबार अध्यक्ष नेपाललाई पत्र समेत पठाएका थिए ।

प्रकाशित मिति : ११ असार २०७९, शनिबार  ८ : १२ बजे

होटल पौवाले नेपालगन्जमा ‘न्यु इयर इभ’ आयोजना गर्दै

नेपालगन्ज । बाँकेको नेपालगन्जमा ५ तारेको लक्ष्य सहित निर्माणाधिन होटल

ओलीको कटाक्ष : कुखुरा-बाख्राको मोर्चाले बाघसँग मुकाबिला गर्न सक्दैन’

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र

पैचो पसलले मनायो ११ औं वार्षिकोत्सव, गाँउको अर्थतन्त्रलाई चलायमान बनाईरहेको दाबी

गुल्मी । ‘बसेपनि शहर गाँउकै खाने रहर’ भन्ने मुल नाराको

समानुपातिकको बन्द सूची बुझाएका दलको यस्तो छ चुनाव चिन्ह (सूचीसहित)

काठमाडौँ । निर्वाचन आयोगमा आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक