१९ श्रावण २०८३, मंगलबार | August 5, 2026

आजको मौसम : देशका विभिन्न स्थानमा मेघ गर्जनसहित वर्षाको सम्भावना



काठमाडौं । मनसुनी तथा स्थानीय वायुको प्रभावले आज देशका विभिन्न स्थानमा मेघ गर्जन सहित वर्षाको सम्भावना रहेको छ ।

जल तथा मौसम विज्ञान विभागका हाल प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा मनसुनी वायुको सामान्य प्रभाव रहेको छ । त्यस्तै, सुदूरपश्चिम प्रदेशमा भने स्थानीय वायु र पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।

हाल देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ । लुम्बिनी र गण्डकी प्रदेशका धेरै स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै स्थानमा र बाँकी प्रदेशका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १ को एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको विभागको आकलन छ ।

आज राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । देशभरका पहाडी भू-भागका धेरै स्थानमा र बाँकी भू-भागका केहि स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १ र गण्डकी प्रदेश एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको विभागले जनाएको छ ।

प्रकाशित मिति : ११ असार २०७९, शनिबार  ८ : ४२ बजे

ग्यास अभावका विषयमा मुख्य सचिव कार्कीद्वारा व्यवसायीसँग छलफल

काठमाडौं । नेपाल सरकारका मुख्य सचिव गोविन्दबहादुर कार्कीले पछिल्लो समय

नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापन गर्ने नेप्से परिसूचक

ग्यास अभावको समस्यालाई तत्कालै सम्बोधन गर्न माग

काठमाडौं । प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता

कप्तानगञ्ज घटना : गृहमन्त्री आएपछि मात्रै शव उठाउने रविन्द्र मेहेताका परिवारको अडान

काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका-३, कप्तानगञ्जमा प्रहरीको गोली लागेर घाइते

पछिल्लो २४ घण्टामा जाजरकोटमा सबैभन्दा बढी वर्षा मापन

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले पछिल्लो २४ घण्टामा