२१ बैशाख २०८३, सोमबार | May 4, 2026

यही संसद अधिवेशनबाट नागरिकता विधेयक पास गर्ने तयारी छ : सभामुख सापकोटा



काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले वर्तमान संसदबाट नै नागरिकता विधेयक पास गर्ने तयारी भइरहेको बताएका छन् ।

आईतवार काठमाडौंमा संसदीय मामिला पत्रकार समाजले प्रकाशन गरेको ‘संसदीय समिति अभ्यास’ पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख सापकोटाले वर्तमान संसदबाट नै नागरिकता विधेयक पास गर्ने तयारी भइरहेको बताएका हुन् । सभमुख सापकोटाले नागरिकता विधेयकको विषयमा प्रधानमन्त्री र प्रमुख राजनीतिक दलसँग निरन्तर छलफल भइरहेको बताएका हुन् । सभामुख सापकोटाले संसदमा नागरिकता विधेयक अडकिएर बसेकाले दर्जन भन्दा बढी ज्ञापनपत्र आउने गरेको बताए । उनले नागरिकता विधेयक संसदबाट पास हुन नसक्दा युवाहरुले सुनौलो अवसर गुमाइरहेको बताए । उनले केही गर्छु भन्ने युवाहरुलाई नागरिकता दिन नसक्दा देशलाई ठूलो क्षति भएको भन्दै नागरिकता नपाएकालाई अन्याय भएको बताए । उनले बजेट अधिवेशनबाट नै ८ वटा प्रतिस्थापन विधेयक पास गर्नसके जनतामा सरकारले केही गर्दैछ भन्ने आशा लाग्ने दाबी गरे ।

उनले भने, ‘संसदमा नागरिकता विधेयक अडिकरहेको कारणले दर्जनौं डेलिकेशनहरु म भए ठाँउमा आएका छन । अत्यन्तै, धेरै मार्मिक युवाहरु उमेर ढल्किन लागेको छ तर नागरिकता पाएका छैनन । अध्ययन गर्ने सुनौला अवसरहरु गुमिरहेका छन । ठूलो क्षति भएको छ । असाध्यै धेरै अन्याय भइरहेको छ । भनेर मैले राजनीतिक पार्टीका नेताहरुसँग धेरै चरणमा कुरा गरको छु । प्रधानमन्त्रीसँग नागरिकता विधेयक यही सदनबाट पारित गर्नुपर्छ । त्यस्तै ८ वटा प्रतिस्थापन विधेयकहरु पनि पास गर्न सकिन्छ । बजेट अधिवेशनमा पनि दर्जन बढी विधेयकहरु पास गर्न सक्यौैं भने जनतालाई गर्दा हुने रहेछ भन्ने हुने थियो । गर्दैछ भन्ने आश लाग्ने थियो ।’

सभामुख सापकोटाले देशमा सुशासन कायम र भ्रष्टाचार नियन्त्रण गर्ने बाहेक आफ्नो कुनै स्वार्थ नभएको बताए । उनले आफू सधैँ आचरण, देशभक्ति, सदाचारको एउटा नमूना दिनका लागि अग्रसर भएको बताए । सभामुख सापकोटाले भ्रष्टाचार भनेको कुनै बजेट वा आर्थिक सवालसँगको मात्रै कुरा नभइ देश र राष्ट्रियतासँग जोडिएको विषय भएको बताए । भ्रष्टाचार बढदै गयो भने भष्टाचारले देशलाई कोल्याप्स पार्ने बताए । सभामुख सापकोटाले सुशासन भ्रष्टाचार नियन्त्रण गुणस्तरीय कानून निर्माण भएपनि ठिक ढङगले कार्यान्वयन भएको भन्दै गुनासो गरे । उनले लोकतन्त्र भनेको जीवनधारा र लोकतन्त्रको आत्मा भनेको संसद रहेको बताए । उनले तीन करोड नेपाली जनताहरुको आवाज प्रष्फुटन हुने एक मात्रै फोरम भने संघीय संसद रहेको दाबी गरे ।

सभामुख सापकोटाले संसदले जनताका कुरालाई आत्मसाथ गर्नसक्नु नै सफलता हुने बताए । उनले पछिल्लो समय विश्वमा दर्शन, विचार र सिद्धान्तका बारेमा छलफल भन्दा पनि व्यापारमा बढी केन्द्रित भएको बताए ।

प्रकाशित मिति : १२ असार २०७९, आइतबार  २ : ०१ बजे

आशा जगाउने बजेट ल्याइन्छ : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आशा जगाउने किसिमको बजेट

बागमतीका मुख्यमन्त्री बानियाँको घर-कार्यालयमा सम्पत्ति शुद्धीकरण विभागको छापा

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको घर तथा विभिन्न

दोस्रो चरणको आर्थिक सुधारमार्फत मुलुकको आर्थिक रूपान्तरणलाई तीव्र बनाउनुपर्छ : अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले दोस्रो

२८ नागरिक अगुवाको निस्कर्ष – बालेन्द्र सरकार सर्वसत्तावाद उन्मुख

काठमाडौं । २८ जना नागरिक अगुवाहरूले प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको

राष्ट्रपतिबाट फिर्ता अध्यादेश पुनः जारी गर्न जस्ताको त्यस्तै सिफारिस

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले पुनर्विचारका लागि फिर्ता पठाएको संवैधानिक