२० श्रावण २०८३, बुधबार | August 5, 2026

प्रधानमन्त्री देउवाद्वारा मन्त्रिपरिषद् पुनर्गठन, यी हुन् थपिएका मन्त्री



काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रीमण्डलमा हेरफेर गरेका छन् ।

राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिअनुसार देउवाले चार जना मन्त्री र एक राज्यमन्त्री परिवर्तन भएका छन् ।

नेपालको संविधानको धारा ७६ को उपधारा (९) तथा धारा ७८ को उपधारा (१) बमोजिम प्रधानमन्त्रीको सिफारिसमा देहायअनुसार नियुक्ति र कार्यविभाजन गरी मन्त्रिपरिषद् गठन गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

जसअनुसार जीवनराम श्रेष्ठ पर्यटन, मेटमणी चौधरी सहरी विकास, भवानी खापुङ स्वास्थ्य तथा जनसंख्या र शेरवहादुर कुँवर श्रममन्त्री नियुक्त भएका छन् । त्यस्तै हिराचन्द्र केसी स्वास्थ्य राज्यमन्त्री नियुक्त भएका छन् ।

नवनियुक्त मन्त्रीहरुको सपथ सोमबार (भोली) हुने बुझिएको छ ।

पार्टीबाट सरकारमा सहभागी मन्त्रिहरूलाई फिर्ता बोलाएर नयाँ मन्त्री पठाउने निर्णय गर्दै एकीकृत समाजवादीले जेठ २२ गते नै प्रधानमन्त्री देउवालाई पत्र पठाएतापनि बजेट अधिवेशनका कारण मन्त्री परिवर्तन भएका थिएनन् ।

राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्ति अनुसार २४ सदस्यीय मन्त्रीमण्डल गठन भएको छ ।

प्रकाशित मिति : १२ असार २०७९, आइतबार  ८ : ०० बजे

तेल्हा पोखरीमा डुबेर भारतीय दर्शनार्थीको मृत्यु

जनकपुरधाम । जनकपुरधामस्थित जानकी मन्दिरको छेउमा रहेको तेल्हा पोखरीमा डुबेर

भूमिगत विद्युतीय तारबाट ‘लाइन’ जोड्न थालियो

चितवन । नेपाल विद्युत् प्राधिकरणअन्तर्गतको पोखरा-भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजनाले

‘हेलो सरकार’मा एक वर्षमा ३२१ प्रतिशतले बढे गुनासा, एकीकृत प्रणाली विकास गरिँदै

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो,

सौराहाको मध्यवर्ती क्षेत्रमा नयाँ जङ्गली हात्ती

चितवन । चितवन राष्ट्रिय निकुञ्जको सौराहा क्षेत्रमा नयाँ जङ्गली हात्ती

इँटाभट्टाको पर्खाल भत्किँदा बाँकेमा दुई मजदुरको मृत्यु

नेपालगञ्ज । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका-१९ भैयापुरस्थित न्यु किसान इँटाभट्टामा पर्खाल