२४ माघ २०८२, शनिबार | February 7, 2026

बुलफाइटका क्रममा स्ट्यान्ड भत्किँदा चार जनाको मृत्यु



बोगाटा । मध्य कोलम्बियामा बुलफाइटका क्रममा एउटा स्ट्यान्ड भत्किँदा कम्तीमा चार जनाको मृत्यु भएको छ भने अन्य धेरै घाइते भएका छन् । मृत्यु हुनेमा दुई महिला, एक पुरुष र एक बालक छन् । उक्त घटना कम्तीमा ३० जना गम्भीर घाइते भएका छन् ।

भिडियो फुटेजमा एल एस्पिनल रंगशालामा दर्शकहरूले भरिएको तीन तले काठको स्ट्यान्ड खसेको देखिन्छ ।

परम्परागत ‘कोरलेजा’ कार्यक्रममा सर्वसाधारणको आकर्षण बढ्दो छ । राष्ट्रपतिमा निर्वाचित गुस्ताभो पेट्रोले स्थानीय अधिकारीहरूलाई त्यस्ता कार्यक्रमहरूमा प्रतिबन्ध लगाउन आग्रह गरे ।

‘मानिसहरू वा जनावरहरूको मृत्यु हुने घटनाहरूलाई अनुमति नदिन म मेयरहरूलाई आग्रह गर्दछु’, उक्त घटनापछि उनले भने । यस्तो दुर्घटना पहिलो पटक नभएको पनि उनले बताए ।

 

प्रकाशित मिति : १३ असार २०७९, सोमबार  ७ : ०० बजे

निर्वाचनमा ड्रोनको प्रयोगमा प्रतिबन्ध

काठमाडौं । सरकारले आसन्न निर्वाचनमा ड्रोनको प्रयोगमा प्रतिबन्ध लगाएको छ

कांग्रेस बदलिएको सन्देश घरघरसम्म पुर्‍याउनुपर्छ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले कांग्रेस बदलिएको सन्देश

क्यामेरा देखेर भाग्ने उम्मेदवार, प्रश्न सुनेर तर्सिने राजनीति

बुटवल । शनिबार बिहानैदेखि बाक्लो हुस्सु र शीतलहरले ढाकिएको रुपन्देहीको

टी-२० विश्वकप : शेफर्डको पाँच विकेट, हेटमायरको विस्फोटक अर्धशतकसँगै वेस्ट इण्डिजको जित

काठमाडौं । आईसीसी टी-२० विश्वकपअन्तर्गत दोस्रो खेलमा वेस्ट इण्डिजले स्कटल्याण्डलाई