२० असार २०८३, शनिबार | July 4, 2026

एकीकृत समाजवादीका नवनियुक्त मन्त्रीको शपथ आज बिहान ११ बजे



काठमाडौं । नेकपा (एकीकृत समाजवादी) बाट नयाँ नियुक्त भएका मन्त्रीले आज पद तथा गोपनीयताको शपथ लिने भएका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारि;मा राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार चार जना मन्त्री र एक राज्य मन्त्री नियुक्त गरेकी थिइन् ।

एकीकृत समाजवादीबाट संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा जीवनराम श्रेष्ठ, शहरी विकासमा मेटमणि चौधरी, स्वास्थ्य तथा जनसंख्यामा भवानी खापुङ र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीमा शेरबहादुर कुँवर नियुक्त भएका छन् । त्यस्तै, स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीमा हिराचन्द्र केसीलाई नियुक्त गरिएको छ ।

उनीहरुलाई आज पद तथा गोपनीयताको शपथ खुवाउने तयारी गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । राष्ट्रपति कार्यालयका अनुसार आज बिहान ११ बजे शपथ ग्रहणको कार्यक्रम तय भएको छ ।

एकीकृत समाजवादीबाट मन्त्री हेरफेर भए पनि नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी (जसपा)का मन्त्री भने यथावत छन् । तीनै पार्टीमा पनि हेरफेर गर्न दबाब परेको छ ।

प्रकाशित मिति : १३ असार २०७९, सोमबार  ७ : २९ बजे

यस्तो छ सरकारको सय दिने उपलब्धि (पूर्णपाठ)

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले निर्वाचनमा झण्डै दुई

सरकारका सय दिनका उपलब्धि सार्वजनिक : मन्त्रालय घटाउँदा २० अर्ब बचत

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारले आफ्नो १०० दिने

कांग्रेसको निस्कर्ष – १०० दिनमा सरकार असफल

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको

सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : मन्त्री गौतम

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले पूर्वाधार

लुम्बिनी सरकारको बजेट खर्च जम्मा ४७ प्रतिशत

दाङ । लुम्बिनी प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२/८३ मा