१ पुस २०८२, मंगलबार | December 16, 2025

बाँकेमा सिकलसेल एनिमियाका बिरामी बढे



नेपालगन्ज । थारु समुदायमा बढी देखिएको सिकलसेल एनिमियाका बिरामी बाँकेमा बढ्दै गएको छ । खासगरी थारु समुदायको बाहुल्य रहेको क्षेत्रमा स्वास्थ्य कार्यालयमार्फत सिकलसेलसँगै थालसेमियाको ‘स्क्रिनिङ’ कार्य सुरु भएपछि दुवै रोगका बिरामी बढ्दै गएको देखिएको हो । स्वास्थ्य कार्यालय, बाँकेका अनुसार राप्तीसोनारी गाउँपालिकामा भेटिएका थप पाँच सिकलसेलका बिरामीसहित सो पालिकामा बिरामीको सङ्ख्या २३ पुगेको छ । सबै पालिकामा भएका विभिन्न परीक्षणबाट खास सङ्ख्या नआएकाले जिल्लामा अझै कति बिरामी छन् भन्ने खुल्न नसकेको स्वास्थ्य कार्यालयका प्रमुख धीरजजङ्ग शाहले जानकारी दिए ।

उनले सिकलसेल एनिमियाका बिरामीलाई निःशुल्क उपचारले केही राहत भए पनि थालसेमियाका बिरामीले सो राहत नपाएको बताए। यसका बिरामी पनि कति छन् भन्ने खुल्न सकेको छैन । सो पालिकामा थारु समुदायका ९ र १० कक्षामा अध्ययनरत विद्यार्थी, बिरामी र बाहकमा जेठ १६ देखि असार १० गतेसम्म परीक्षण गरिएको थियो । अझै पनि स्क्रिनिङ कार्य जारी रहेको उनले जानकारी दिए ।

कतिपय बिरामी त विभिन्न शारीरिक समस्या देखिएपछि छिटो निको हुने आशमा निजी अस्पताल र मेडिकल धाउँदा लाखौँ रकम खर्च भएको र त्यस्ता शारीरिक समस्याको निको पनि नभएको बताउँछन् । सिकलसेल एनिमियाका बिरामी केही त्यस्ता छन् जसलाई सरकारले रु एक लाखसम्म निःशुल्क उपचार गर्छ भन्ने कुराको समेत जानकारी नहुँदा विभिन्न अस्पताल र मेडिकल कलेजमा सास्ती खेपेका छन् ।

बाँकेको राप्ती सोनारी गाउँपालिका–४ बैजापुर निवासी २८ वर्षीय रामकृष्ण थारुले आफूलाई सिकलसेलको निःशुल्क उपचारबारे जानकारी नभएको उल्लेख गर्दै शारीरिक समस्याका कारण निजी अस्तालमा मोटो रकम खर्च भएको बताउनुभयो । उनले ऋण खोजेर जम्मा गरेको ७० हजार खर्च भएको जानकारी दिँदै आफूलाई सिकसेल एनिमियाको समस्या नभए पनि छोरा र श्रीमतीमा सो समस्या आएको बताउँछन् । सिकलसेलविज्ञ डा राजन पाण्डेले रोग पत्ता लगाएर पनि बिरामीले लाखौँ खर्च गरेको उल्लेख गर्दै रगत परीक्षण नै सिकलसेल एनिमियाको दिगो समाधान भएको बताए ।

उनले विवाह कुण्डली मिलाएर सिकलसेल एनिमियाको न्यनीकरण गर्न सकिने उल्लेख गर्दै सिकलसेलको बाहकका लागि औषधि आवश्यक नपर्ने बताए। अहिले रोग नदेखिए पनि उसबाट जन्मेको बच्चामा रोग सर्न सक्नेलाई ‘बाहक’भनिएको छ । “अहिलेको पुस्तामा रोग देखिएको छैन । तर उसका सन्तानमा रोग देखिन सक्नेलाई बाहक भन्ने गरिएको छ । यो रोग अफ्रिका, भारतलगायतका मुलुकमा रहेको छ । थारु समुदायबाहेक बाहुन, क्षेत्री, मगरमा पनि सिकलसेल देखिएको बताइएको छ । थारु बाहुल्य बाँके र बर्दियामा मात्रै पहिचान भएको करिब चार हजार सिकलसेलका बिरामी छन् ।

डा. पाण्डेले दुर्गम स्थानमा रहेका बिरामीलाई स्थानीयस्तरमा नै सिकलसेलको औषधि उपलब्ध गराइने उल्लेख गर्दै नेपालगञ्ज धाउनुपर्ने अवस्थाको अन्त्य हुने बताए । “गम्भीर समस्या भएमात्रै भेरी अस्पताल आउनुहोला नभए स्थानीय रुपमा नै औषधिको व्यवस्थापन गरिने छ”, उनले भने। जिल्लाको राप्तीसोनारी गाउँपालिकाबाहेक कोहलपुर नगरपालिकामा यसको समस्या देखिएको र सम्भावित सबै पालिकबाट तथ्याङ्क आएपछि जिल्लामा सिकलसेलका बिरामी निश्चित हुने बताइएको छ ।

स्वास्थ्य कार्यालयले राप्तीसोनारीमा आयोजना गरेको स्क्रिनिङ शिविरमा ५७२ को रगतको नमूना जाँच गर्दा ९६ सिकलसेल तथा थालसिमियाका बिरामी तथा बाहक फेला परेका थिए । तीमध्ये ५८ सिकलसेल बाहक भेटिएका थिए । त्यस्तै बिटाथालसेमिया बाहक ३३ फेला परेका थिए ।

रासस

प्रकाशित मिति : १३ असार २०७९, सोमबार  ८ : ५० बजे

एडिबीबाट १४ अर्ब ३८ करोड सहुलियत ऋण स्वीकार गर्ने मन्त्रिपरिषदको निर्णय

काठमाडौँ । सरकारले सार्वजनिक वित्त व्यवस्थापन र हस्तान्तरणसम्बन्धी कार्यक्रमका लागि

एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता

काठमाडौँ । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनमा उम्मेदवारी दर्ता

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा