२१ मंसिर २०८२, आइतबार | December 7, 2025

सरकारी अस्पतालबाट निजी क्लिनीक र औषधी पसलमा जबर्जस्ती बिरामी लैजान खोज्ने ५ जना बिचौलिया पक्राउ



नेपालगन्ज । भेरी अस्पताल, नेपालगन्ज परिषरबाट बिरामीलाई निजी क्लिनीकमा जान फकाउने तथा औषधी किन्न बाहिरका पसलहरुमा लैजान जबर्जस्ती गर्ने पाँच जना बिचौलियालाई बाँके प्रहरीले पक्राउ गरेको छ ।

अस्पतालमा आएका विरामीलाई आफू अनुकूलको मेडिकलबाट औषधी किन्न र परीक्षण गर्न करलगाउने बिचौलियालाई प्रहरीले नियन्त्रणमा लिएको हो । अस्पताल परिषर भित्रै बिरामीका आफन्तलाई जबर्जस्ती गरिरहेको अवस्थामा ३ महिला र २ पुरुष बिचौलियालाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।

बिरामीलाई दुःख दिएको गुनासो आएपछि पाँच जनालाई नियन्त्रणमा लिएर सम्झाई बुझाई छाडिएको बाँके प्रहरी प्रवक्ता डीएसपी मधुसुदन न्यौपानेले जानकारी दिए । पक्राउ परेकाहरुलाई अवदेखि अस्पतालमा आएर दलाली नगर्ने सर्तमा परिवारलाई बुझाईएको डीएसपी न्यौपानेले बताए ।

बिचौलिया खटाउन अस्पतालमै आवद्ध अधिकारीहरुको संलग्नता रहेको स्रोतले दाबी गरेको छ । कतिपय चिकित्सकहरुले अस्पतालको आफ्नै फार्मेसी भएपनि निजी औषधी पसलहरुमा औषधी किन्न पठाउने र बिचौयिाहरुलाई ओपीडीको ढोकामा राख्ने गरेको नाम नबताउने अस्पतालकै एक कर्मचारीले बताए ।

पछिल्लो समय नेपालगन्जको भेरी अस्पतालमा बिचौलिया र चोरको बिगबिगी रहेको छ । एकथरीले कमिसनको नाममा विरामीलाई दुःख दिने र अर्कोथरीले अस्पताल परिसरबाट मोटरसाइकल, कुरुवाको मोबाईल, नगद समेत चोरी हुने गरेको उपचारमा आएका बिरामीहरुले गुनासो गर्ने गरेका छन् ।

सादा पोषाकको प्रहरी परिचालन गरि अस्पताल परिषरलाई चोर र बिचौलिया मुक्त बनाउने अभियान थालिएको न्यौपानेले बताए ।

प्रकाशित मिति : १४ असार २०७९, मंगलबार  १० : ३६ बजे

मधेशका मुख्यमन्त्रीको शपथग्रहण आज

जनकपुरधाम । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज पद

धादिङको चालिसेमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु, ६८ घाइते

काठमाडौं । धादिङको धुनीवेशी नगरपालिका-६, चालिसेमा भएको भीषण सवारी दुर्घटनामा

गोवाको एक नाइट क्लबमा भीषण आगलागी हुँदा २५ जनाको मृत्यु

गोवा । भारतको गोवास्थित एक चर्चित नाइट क्लबमा भीषण आगलागी

बाढीले क्षतिग्रस्त रसुवागढी जलविद्युत मर्मतपछि सञ्चालनमा

काठमाडौं। नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युतको अगुवाइमा रसुवामा

आज अन्तरराष्ट्रिय नागरिक उड्डयन दिवस

काठमाडौं । ‘सुरक्षित आकाश’ नाराका साथ आज अन्तरराष्ट्रिय नागरिक उड्डयन