२२ मंसिर २०८२, सोमबार | December 9, 2025

नेपालगन्जका मेयर विष्टले शनिबार सरकारी गाडी नचढ्ने, महिनाको १ गते ईन्धनयुक्त गाडी प्रयोग नगर्न नगरबासीलाई आग्रह



नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टले शनिबार सरकारी गाडी नचढ्ने नीतिलाई कार्यान्वयनमा ल्याएका छन् । अविरल वर्षले जलमग्न भएको नेपालगन्जका बिभिन्न टोलहरुमा स्कुटीमा चढेर पुगेका नगरप्रमुख विष्टले शनिबार सरकारी गाडी प्रयोग नगर्ने घोषणालाई कार्यान्वयनमा ल्याएका हुन् ।

वर्षाका कारण ढल थुनिएर जलमग्न भएका टोलहरुमा मेयर विष्ट आफ्नै स्वकीय सचिव सुबोध वर्माको स्कुटी पछाडि बसेर पुगेका थिए । थनिएका स्थानहरुमा पुगेका मेयर विष्टले कतिपय स्थानहरुमा सरसफाई कर्मचारीहरुसाग् ढल सफा गर्न तम्सेको थिए ।

खबरकुरासँग कुरा गर्दै नगरप्रमुख विष्टले शनिबार आफुपनि सरकारी गाडी नचढ्ने र कर्मचारी र पदाधिकारीलाई पनि सरकारी गाडी प्रयोग गर्न नदिने घोषणा गरे । उनले प्रत्येक महिनाको १ गते नेपालगन्जमा ईन्धनयुक्त सवारी प्रयोग नगर्ने अभियान शुरु गर्ने प्रयन्त थालिएको जानकारी दिँदै आगामी १ गतेबाट नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीले ईन्धनयुक्त सवारी प्रयोग नगर्ने जनाए । विश्वब्यापी आर्थिक मन्दी र नेपालमा दिनप्रतिदिन बढ्दै गएको ईन्धनको मुल्यलाई ध्यानमा राखेर महिनामा १ दिन ईन्धन प्रयोग नहुने सवारी प्रयोग गर्न थालिएको उनले बताए ।

नगरप्रमुख विष्टले १ गते सम्भव भएसम्म पैदल नभए साईकल वा ईन्धन प्रयोग नहुने सवारी प्रयोग गर्न नगरबासीलाई आह्वान पनि गरे । ‘महिनाको एक दिन पेट्रोलियम पदार्थबाट चल्ने सवारी नचढेर पनि देशको केही मुद्रा बचत गर्न सकिन्छ भनेर यो अभियान थालेका छौं ।’ उनले भने ।

प्रकाशित मिति : १८ असार २०७९, शनिबार  ५ : ५८ बजे

भन्सार एजेन्टका कर्मचारीको आन्दोलनले राजस्व सङ्कलन प्रभावित

भैरहवा । सरकारले मङ्सिर २० गते जारी गरेको भन्सारसम्बन्धी कानुनलाई

प्रहरी संगठनबाट बिदा भएपछि साहित्यको सेवामा पूर्व डीआईजी महेशविक्रम शाह

कैलाली । लामो समयसम्म प्रहरी संगठनको जिम्मेवारी सँगै साहित्य सृजनालाई

नेपालगन्जको ‘कस्मेटिक’ गोदाममा आगलागी

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका–२ स्थित घरबारी टोलमा रहेको एक ‘कस्मेटिक’

प्रधानमन्त्री कार्की र नागरिक बचाउ अभियानका टोलीबीच छलफल

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले नागरिक बचाउ अभियानका टोलीसँग भेटघाट