२८ भदौ २०८३, आइतबार | September 14, 2026

सिड्नीमा बाढीको कहरः एक जनाको मृत्यु, हजारौँलाई घर छाड्न भनियो



सिड्नी । अष्ट्रेलियाको सबैभन्दा ठूलो सहर सिड्नीमा भीषण वर्षापछि आएको बाढीका कारण एक जनाको मृत्यु भएको छ । बाढीपछि हजारौँ मानिसहरूलाई आफ्नो घर खाली गर्न भनिएको छ । सडक भत्किएका छन् भने पश्चिमी सिड्नीमा मात्रै १८ वटा निकासी आदेश दिइएको छ ।

‘यो जीवनलाई जोखिममा पार्ने आपतकालीन अवस्था हो’, न्यु साउथ वेल्स राज्यका आपतकालीन सेवामन्त्री स्टेफनी कुकले भनिन् ।

यस क्षेत्रमा मार्चमा अचानक आएको बाढीले २० जनाको ज्यान लिएको थियो ।

‘हामी अहिले अचानक बाढी, नदीको बाढी र तटीय कटान जस्ता धेरै मोर्चामा खतरा सामना गरिरहेका छौँ’, कुकले भनिन् । मौसम विज्ञान ब्यूरोले ३५० एमएम सम्मको वर्षाले केही क्षेत्रहरूमा असर गरेको र नेपियन नदीमा बाढीको जोखिम रहेको जनाएको छ ।

सिड्नीको मुख्य बाँध भत्किन थालेको भन्दै अधिकारीहरूले चिन्ता व्यक्त गरेका छन् ।

प्रकाशित मिति : २० असार २०७९, सोमबार  ८ : ०० बजे

भोटेकोशी बाढीपीडितलाई रु सात लाख १५ हजार सहयोग

काठमाडौँ । भोटेकोशी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनःस्थापनाका

दश दिनमा उपत्यकामा चार लाख सिलिण्डर वितरण

काठमाडौँ । नेपाल आयल निगमले पछिल्लो २८ दिनमा ५२ हजार

कृष्णभीरमा नयाँ ट्याक परीक्षण सफल

चितवन । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा पहिरो खसेर सडक पूर्णरूपमा अवरुद्ध

छापा सञ्चारमाध्यम सिध्याउने दिशामा सरकार अघि बढेको छ : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान रास्वपा