१७ बैशाख २०८१, सोमबार | April 29, 2024

राष्ट्रपति खेलकुद महिला सहभागिता अभिवृद्धि कार्यक्रमका लागि टोलि परिचालन



काठमाडौ । राष्ट्रिय खेलकुद परिषद् राखेपको आयोजनामा हुने राष्ट्रपति खेलकुद महिला सहभागिता अभिवृद्धि कार्यक्रममा परिचालन हुने टोलीको आज बिदाइ गरिएको छ । राखेपका सदस्य–सचिव टङ्कलाल घिसिङले टोलीलाई एक कार्यक्रमबीच बिदाइ गरेका छन् ।

कार्यक्रम उपत्यकाका तीनसहित २१ जिल्लामा सञ्चालन गरिने छ । काठमाडौँ, ललितपुर, भक्तपुर, इलाम, ओखलढुङ्गा, भोजपुर, सिराहा, सर्लाही, रामेछाप, मकवानपुर, चितवन, काभ्रेपलाञ्चोक, तनहुँ, कास्की, कपिलवस्तु, बाँके, जुम्ला, सुर्खेत, डडेल्धुरा, कैलाली र कञ्चनपुरमा कार्यक्रम हुनेछ ।

कार्यक्रममा कक्षा ८ देखि १२ सम्म अध्ययनरत करिब ४ हजार छात्राको सहभागिता रहने खेलकुद प्रतियोगिता तथा योजना विभागका प्रमुख मीनकुमार शर्माले जानकारी दिए।

प्रशिक्षार्थीलाई नेपाल केआइएफ कुरोदय सङ्घ र नेपाल मार्सल सेल्फ डिफेन्स सङ्घले आत्मरक्षासम्बन्धी तालिम दिने छन् ।

फुटबल, भलिबल, तेक्वान्दो, कराते र रग्बी खेलको प्रशिक्षण पनि दिइने छ । राखेपअन्तर्गत नेपाल खेलकुद विज्ञान प्रतिष्ठान ९सान० का विज्ञहरूले मनोविज्ञानसम्बन्धी प्रशिक्षण दिने छन् । कार्यक्रम असार मसान्तसम्म सञ्चालन हुनेछ ।

प्रकाशित मिति : २२ असार २०७९, बुधबार  ७ : २३ बजे

वीरगञ्जमा प्रहरीले गोली चलाएर एक जना अपराधीलाई लियाे नियन्त्रणमा

वीरगन्ज । वीरगञ्जमा प्रहरीले गोली चलाएर एक जना अपराधीलाई नियन्त्रणमा

संस्कृतिमार्फत पर्यटन प्रवर्द्धनमा गङ्गाजमुना गाउँपालिका

धादिङ । धादिङको उत्तरी क्षेत्र गङ्गाजमुना गाउँपालिकाले संस्कृतिमार्फत आन्तरिक तथा

इलाम उपनिर्वाचन : कांग्रेसभन्दा एमाले २ हजार ६१८ मतले अगाडि

काठमाडौं । इलाम-२ उपनिर्वाचनमा नेकपा एमालेको अग्रता कायम छ ।

उच्च गतिको विद्युत् प्रवाह हुँदा ६० घरमा क्षति

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-६ घरमा आइतबार उच्च गतिको विद्युत्

डोटीमा एक पुरुषको शव फेला

डोटी । डोटीमा एक पुरुषको शव फेला परेको छ ।