२० श्रावण २०८३, बुधबार | August 5, 2026

कोहलपुरको सार्वजनिक सुनुवाइ, कोहलपुरमा खानेपानी मुख्य समस्या



नेपालगन्ज । कोहलपुर नगरपालिकाले प्रदान गर्ने सेवा तथा सुविधाको प्रभावकारिता बिषयक सार्वजनिक सुनुवाई कार्यक्रम बिहिबार सम्पन्न भएको छ । प्रदेश प्रशिक्षण प्रतिष्ठानको सहयोग, कोहलपुर नगरपालिकाको आयोजना तथा बास नेपालको सहजिकरणमा भएको हो ।

सुनुवाइमा सहभागिहरुले सडक, बाटोघाटो, नाला तथा ढल निकास, लक्षित वर्ग केन्द्रित कार्यक्रम, शिक्षा, स्वास्थ्य लगायतका विषयमा सरोकावालाहरुलाई प्रश्न गरेका थिए । सहभागिहरुले गरेको प्रश्नको जवाफ दिदै नगर प्रमुख पुर्ण प्रसाद आचार्यले आगामी ५ वर्षे कार्यकालमा नगरवासीहरुलाई अनुभुती हुने गरी काम गर्ने प्रतिबद्धता गरेका थिए । सहभागिहरुले गरेको प्रश्नको उत्तर दिदै आगामी दिनमा अधुरा रहेका कामहरु पुरा गर्ने गरी लागि पर्नेे प्रमुख आचार्यले बताए । सुनुवाईमा विभिन्न ८ बुदें साझा सार्वजनिक प्रतिबद्धताको घोषणा गरिएको छ ।

नागरिकहरु र जनप्रतिनिधि बिच भएको प्रश्नोत्तर पछि घोषणा गरिएका प्रतिबद्धताहरुमा नगरपालिकाबाट सञ्चालन गरिने सिपमुलक तालिमलाइ थप प्रभावकारी र नतिजामुखी बनाउन नगर कार्यबिधि बनाइ बिधि र प्रक्रियामा रहि सिटिइभिटि अनुसारको मान्यता प्राप्त गर्ने गरी तालिम सञ्चालन गर्ने र मापदण्ड पुगेका संस्थालाई मात्र तालिम सञ्चालन अनुमती दिने, नगरपालिका क्षेत्रभित्र खानेपानीको चरम समस्या रहेको भन्ने जनगुनासो आएकाले खानेपानी संस्थानसंग समन्वय गर्ने, बिभिन्न क्षेत्रमा बाटो तथा ढल निकासको समस्या रहेकोले सो विषयलाई प्राथामिक्तामा राखी कार्य गर्ने, आम नगरवासीहरुलाई दक्षता अभिबृिद्ध बनाउन बजार माग अनुसार सिपमुलक तालिम प्रदान गर्ने, सहभागितामा आधारित कार्यक्रम तर्जुमा गरी कार्यान्वयन गर्ने, किशोरीहरुको स्वास्थ्यलाई ध्यानमा राखी गुर्णस्तरिय शिक्षा प्रबद्र्धन गर्न सामुदायिक तथा निजि विद्यालयमा सेनीटरी प्याड उपलब्ध गर्ने लगायत रहेका छन् ।

त्यसैगरि मैटहवा मा.वि.को निर्माणधिन भवन निर्माणमा बिबिध कारणले ढिलासुस्ती भएकोमा सम्मानित अदालतको फैसलालाई आधार मानी निर्माण कार्यलाइ अगाडी बढाउने र सोहि विद्यालयमा रहेको तालको ब्यवस्थापन गर्ने, आम नागरिकको चासोलाइ प्रभाव पार्ने कार्यक्रम तथा सार्वजनिक चासो रहने नगरको प्रत्येक कार्यक्रममा आम नागरिकको सहभागिता सुनिश्चित गर्ने र सार्वजनिक सुनुवाइलाई नियमित गर्न पनि जनप्रतिनिधिहरुले प्रतिबद्धता जनाएका छन् ।

यसरी गरिएका साझा सार्वजनिक प्रतिबद्धताहरुमा सुनुवाईमा सरोकारवालाको रुपमा कोहलपुर नगरपालिका प्रमुख पुर्ण प्रसाद आचार्य, उपप्रमुख संगिता सुवेदी, प्रमुख प्रशासकिय अभिकृत टिकाराम ढकाल, वडा अध्यक्षहरु र नगर कार्यपालिका सदस्यहरुले हस्ताक्षर गरेका थिए । बासका पुर्व अध्यक्ष मन भण्डारीले सहजिकरण गरेको सुनुवाईको शुरुवातमा नगर प्रमुख आचार्यले आगामी योजनाको वारेमा जानकारी गराएका थिए । सुनुवाईमा बासका कार्यक्रम अधिकृत रबिन्द्र बोहराले नागरिक प्रतिबेदन पत्र र बर्हिगमन अभिमत पत्र सर्वेक्षणको नतिजा सार्वजनिक गरेका थिए ।

 

प्रकाशित मिति : २४ असार २०७९, शुक्रबार  १० : १३ बजे

तेल्हा पोखरीमा डुबेर भारतीय दर्शनार्थीको मृत्यु

जनकपुरधाम । जनकपुरधामस्थित जानकी मन्दिरको छेउमा रहेको तेल्हा पोखरीमा डुबेर

भूमिगत विद्युतीय तारबाट ‘लाइन’ जोड्न थालियो

चितवन । नेपाल विद्युत् प्राधिकरणअन्तर्गतको पोखरा-भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजनाले

‘हेलो सरकार’मा एक वर्षमा ३२१ प्रतिशतले बढे गुनासा, एकीकृत प्रणाली विकास गरिँदै

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो,

सौराहाको मध्यवर्ती क्षेत्रमा नयाँ जङ्गली हात्ती

चितवन । चितवन राष्ट्रिय निकुञ्जको सौराहा क्षेत्रमा नयाँ जङ्गली हात्ती

इँटाभट्टाको पर्खाल भत्किँदा बाँकेमा दुई मजदुरको मृत्यु

नेपालगञ्ज । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका-१९ भैयापुरस्थित न्यु किसान इँटाभट्टामा पर्खाल