२९ भदौ २०८३, सोमबार | September 14, 2026

प्रस्तावित नागरिकता विधेयक पारित भए ११ लाखले नागरिकता प्राप्त गर्ने



काठमाडौं । सरकारले प्रतिनिधिसभामा दर्ता गरेको नागरिकता एन संसोधन विधेयक जस्ताको तस्तै पारित हुँदा करिब ११ लाख नागरिकताविहीन नागरिकले नागरिकता पाउने दाबी गरिएको छ ।

महिला कानुन विकास मन्च (एफडब्लूएलडी)ले गरेको अध्ययनले सो दाबी गरेको हो । एफडब्लूएलडीका कार्यकारी निर्देशक सविना श्रेष्ठका अनुसार एफडब्लूएलडीले आएको नागरिकता विधेयकका प्रावधान र नागरिकताविहीनहरूको समस्या केलाएर अध्ययन गर्दा करिब ११ लाख नागरिकताविहीनले नागरिकता प्राप्त गर्न सक्ने देखिएको छ ।

जन्मको आधारमा नागरिकता लिएकाको सन्तानहरूमध्ये पाँच लाख बढी नागरिकता लिन योग्य रहेको, तर कानुन अभावमा नागरिकता लिन नपाइरहेको तथ्यांक एफडब्लूएलडीको अध्ययनमा छ । आमाको नामबाट नागरिकता जारी हुँदा (बाबु पहिचान नभएको) नागरिकता लिन योग्य ६ लाख ८० हजारभन्दा बढी रहेको पनि एफडब्लूएलडीको तथ्यांक छ ।

जस्ताको तस्तै पारित भए करिब ११ लाखले नागरिकता प्राप्त गर्न सक्ने एफडब्लूएलडीको अनुमान छ । ‘सरकारले फास्ट ट्र्याकमा नागरिकता विधेयक पारित गरे थप ११ लाख नागरिकले मताधिकार प्रयोग गर्न सक्छन्’, एफडब्लूएलडीका कार्यकारी निर्देशक श्रेष्ठले भने ।

प्रकाशित मिति : २६ असार २०७९, आइतबार  ४ : ५१ बजे

असोज पहिलो सातादेखि पोखरा-दुबई सिधा उडान

गण्डकी । दुबईदेखि पोखराका लागि उडेको फ्लाइ दुबईको जहाज आगामी

बाढीपछिको पुनःस्थापनाका लागि स्रोतको कुनै कमी हुँदैन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछिको

देउवा समूहद्वारा संस्थापनको प्रस्ताव अस्वीकार, छुट्टै महाधिवेशन गर्ने

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा समूहले पार्टीको

त्रिभुवन विमानस्थलमा दुर्गा प्रसाईं समर्थक र प्रहरीबीच केहीबेर धकेलाधकेल

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं झापाबाट काठमाडौं फर्किने क्रममा

खल्तीले गर्यो “खल्ती होटल्स” सेवा सार्वजनिक, अब होटल, उडान तथा बस बुकिङ एउटै एपबाट

काठमाडौं । आइएमई खल्ती लिमिटेड (खल्ती) ले खल्ती होटेल्स”सेवा औपचारिकरूपमा