२१ श्रावण २०८३, बिहिबार | August 6, 2026

जुम्लाको आचार्यलिहिको विद्युत गृहमा पहिरो, चौकीदारका श्रीमतीसहित दुई छोराको मृत्यु



जुम्ला । जुम्लाको हिमा गाउँपालिका वडा नम्वर १ आचार्यलिहिको भित्रिखोला लघु जलविद्युतको विद्युत गृहमा पहिरो जाँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ ।

गएराति ११ बजे विद्युत गृह माथि बाट खसेको पहिरोमा परि अपरेटर गोरख बहादुर रावतकि श्रीमती र दुई जना छोराको मृत्यु भएको हो ।

अपरेटर रावत गाउँ गएको बेला एक्कासि आएको पहिरोबाट उनकि ३१ वर्षिया श्रीमती विमला रावत, ९ वर्षिय छोरा भरत रावत र ७ वर्षिय छोरा सुर्य रावतको घटनास्थलमै मृत्यु भएको बड्की प्रहरी चौकिका राम प्रसाद चौंलागाईले जानकारी दिए ।

विद्युतको ट्याङ्कीमा पानी ओभरलोड भएपछि विद्युत गृहमाथि खस्दा पहिरो आएको उनले बताए । अपरेटर विद्युत मर्मतका लागि गाउँ पुगेकोले उनी बाँच्न सफल भए, तर श्रीमतीसहित तिनजना गुमाए । राति ११ बजे झ्याप्प बत्ती गएपछि, अपरेटर हतार हतारमा विद्युत गृहमा पुगे, पहिरो आएको देखेपछि अत्तालियर उद्दारका लागि अनुरोध गर्न गाउँ पुगे, तर तिनै जनाको मृत्यु भइसकेको रहेछ ।

प्रकाशित मिति : ३१ असार २०७९, शुक्रबार  ७ : ५५ बजे

करदाता प्रोत्साहन कार्यक्रमः शुक्रबार उपहार घोषणा गरिने

काठमाडौँ । आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रमको सम्पूर्ण

लक्षित वर्गका बिरामीलाई निःशुल्क उपचार गर्न ‘फोकल पर्सन’

काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले लक्षित वर्गका नागरिकलाई

पच्चीस वर्षपछि यसरी नाफामा फर्कियो नेपाल औषधि लिमिटेड

काठमाडौं । एकदशक अगाडिसम्म कर्मचारीको तलब दिन नसक्ने अवस्थामा पुगेको

भारतमा मुख्यधारका सञ्चारमाध्यमप्रति अविश्वास बढ्दो

नयाँदिल्ली । भारतमा गत महिना भएको युवा नेतृत्वको विरोध प्रदर्शनले

देउवा साउन २६ मा स्वदेश फर्किने

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा साउन