३ भदौ २०८३, बुधबार | August 19, 2026

विद्युत् आपूर्ति नहुँदा उदयपुर सिमेन्ट उद्योग बन्द



काठमाडौं । देशकै सबैभन्दा ठूलो र सरकारी स्वामित्वमा रहेको उदपुर जिल्लाको जलजलेमा स्थापित उदयपुर सिमेन्ट उद्योग दुई हप्तादेखि विद्युत् आपूर्तिमा समस्या भएपछि बन्द हुन पुगेको छ ।

उद्योग प्रशासनका अनुसार सिरहाको लाहानबाट उद्योगमा आपूर्ति हुँदै आएको विद्युत् असार ९ गतेदेखि ट्रान्सफर्मरमा चट्याङ लागेर सिरहा गाईघाट प्रसारण सेवा बन्द भएकाले सिमेन्ट उद्योग पनि बन्द हुन पुगेको हो ।

दैनिक रु ७३ लाखभन्दा भन्दाबढी घाटा बेहोर्दै आएको उक्त उद्योगले विद्युत् आपूर्ति बन्द भएपछि दुई हप्ताभित्र रु १६ करोड घाटा बेहोर्नु परेको महाप्रबन्धक गोपीकृष्ण न्यौपानेले बताए ।

उद्योग सञ्चालन गर्न दैनिक छ मेगावाट विद्युत् आपूर्ति हुनुपर्नेमा हाल दैनिक दुई मेगावाट मात्र विद्युत् आपूर्ति हुने गरेका कारण उद्योगमा सिमेन्ट उत्पादन हुन नसकेको उद्योग प्रशासनले जनाएको छ ।

सिरहाको लाहानस्थित गाईघाट केन्द्रमा विद्युत् प्रसारण हुने ट्रान्सफर्मर नयाँ फेर्न पर्ने भए पनि अहिलेसम्म फेर्ने वा मर्मत गर्ने काम सम्पन्न भइनसकेका कारण विद्युत् प्रसारणमा समस्या आएको उदयपुरस्थित विद्युत् प्राधिकरणका प्रमुख पङ्कज गोइतले बताए ।

विद्युत् मर्मत गर्ने र व्यवस्थापन गर्ने कार्य भइरहेको भए पनि अझै समय लाग्नसक्ने हुनाले लाहान गाईघाट विद्युत् सेवा सिधा आपूर्तिमा समस्या आएको विद्युत् उहाँको भनाइ थियोे । विद्युत् आपूर्तिमा समस्याका कारण उद्योग बन्द हुन पुग्दा ठूलो घाटा बेहोर्नु परेको उद्योग प्रशासनले बताएको छ ।
–––

प्रकाशित मिति : ३१ असार २०७९, शुक्रबार  १ : ०४ बजे

फोटो प्रदर्शनीले नेपाल–चीन सम्बन्धलाई थप सुदृढ बनाउने

काठमाडौँ । राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे) नेपाल र चाइना

यस्ता छन् आजको मन्त्रिपरिषद्का निर्णयहरू

काठमाडौँ । सरकारले सङ्घीय अनुदानअन्तर्गत कार्यरत शिक्षक तथा विद्यालय कर्मचारीको

सबै सरकारी निकायहरूलाई स्वदेशी उत्पादन र सेवाको प्रयोग गर्न प्रधानमन्त्री कार्यालयको परिपत्र

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सबै सरकारी निकायहरूलाई स्वदेशी

पत्रकार किशोर श्रेष्ठलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम आदेश

काठमाडौं । उच्च अदालत पाटनले जनआस्था प्रकाशन प्रालिका अध्यक्ष तथा

प्रधानमन्त्रीद्वारा मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग मन्त्रीहरूले चालु आर्थिक वर्षमा गरिने