२४ बैशाख २०८१, सोमबार | May 6, 2024

जनार्दन प्रकरण : अर्थ मन्त्रालयवाट सीसीटीभीको हार्डडिस्क मगाएर अध्ययन गरिँदै



काठमाडौं । अनधिकृत व्यक्तिलाई बजेट निमार्णमा संलग्न गराएर करको दायरा हेरफेर गरेको विषयमा छानविन गर्न गठित छानविन समितिले आज सोमबार अर्थ मन्त्रालयको ‘हार्ड डिस्क’ अध्ययन गर्ने भएको छ ।

जेठ महिनाको सीसीटीभी फुटेज डिलिट भयो भनेर अर्थ मन्त्रालयले समितिलाई सिसिटिभी फुटेज दिन आनाकानी गरेपछि हार्ड डिस्क मगाएर समितिले अध्ययन गर्न लागेको हो ।

‘जेठ महिनाको सीसीटीभी फुटेजको हार्ड डिस्क मगाएका छौँ , त्यो प्राप्त भयो भने प्रावधिक राखेर अध्ययन गर्नेछौं,’ समिति सदस्य लक्ष्मणलाल कर्णले भने । उनका अनुसार हिजो राति ८ बजेसम्म पनि समितिले सो प्रकरणका बारेमा सरोकारवाला व्यक्तिसँग बयान, छानविन र अध्ययन गरेको थियो ।

जेठ महिनाको सीसीटीभी फुटेज माग्दा असारको दिएपछि सो प्रकरण थप रहस्य बन्दै गएको छ । समितिले जेठ महिनाको सीसीटीभी फुटेजका लागि पुनः ताकेता गरिरहे पनि अर्थ मन्त्रालयले भने अझै दिएको छैन ।

उता, समितिका सचिव सुरेन्द्र अर्यालले प्रावधिक अध्ययन सकिए पछि सो प्रकरणमा राजिनामा दिएका निवर्तमान अर्थमन्त्री जनार्दन शर्मालाई बोलाएर बयान लिने तयारी समितिले गरेको छ । ‘प्रावधिक अध्ययन सकिएपछि उहाँ (जनार्दन शर्मा)सँग बयान लिने बारेमा समितिमा छलफल भएको छ’ हमालले भने ।

प्रकाशित मिति : २ श्रावण २०७९, सोमबार  १० : ५४ बजे

अध्यादेश जारी गर्ने बागमती सरकारको निर्णय

बागमती । बागमती प्रदेश सरकारले प्रदेश उच्च शिक्षा ऐन, २०७८

लखनउमाथि कोलकोता ९८ रनले विजयी

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत कोलकोता नाइट राइडर्सले

आजको मौसम : बाग्मतीसहित तीनवटा प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं । देशका केही भू-भागमा आज वर्षाको सम्भावना छ ।

क्रिकेटर लामिछानेको मुद्दा आज हेर्न नमिल्नेमा, जेठ १ गतेका लागि पेशी तोकियो

काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने प्रतिवादी भएको मुद्दामा आगामी जेठ

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा