१८ बैशाख २०८१, मंगलबार | April 30, 2024

खेलकुद मन्त्री गहतराजले गरे मुलपानी रंगशालाको अनुगमन



काठमाडौं । युवातथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले निर्माणाधिन मुलपानी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको अनुगमन गरेका छन् । निरिक्षणकालागि सोमबार बिहान मुलपानी पुगेका मन्त्री गहतराजले निर्माणाधिन रंगशालाको निर्माण कार्य युद्धस्तरमा अघि बढाउन निर्देशन दिएका छन् ।

आगामी २ वर्ष भित्रै सम्पन्न हुने गरी निर्माण कार्य अगाडी बढाउन निर्देशन दिदैं उनले गुणस्तरियताका लागि प्राविधिक पाटोलाई समेत ख्यालगर्नुपर्ने बताए ।

मन्त्रालयका सचिव डा. दामोदर रेग्मी र राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङसहित रंगशालाको निरिक्षणमा पुगेका मन्त्री गहतराजले खेलकुदलाई उद्योगको रुपमा विकास गर्नुपर्ने बताउँदै त्यसकालागि सबै खेलप्रेमीको इमान्दार प्रयासको आवश्यकता रहेको बताए ।

अनुगमन तथा निरक्षणका क्रममा उनले त्यहाँ अभ्यासरत खेलाडीहरुसँग भेटघाट गरी उनिहरुको हौसलासमेत बढाएका थिए ।

प्रकाशित मिति : २ श्रावण २०७९, सोमबार  ७ : ०७ बजे

टी-२० विश्वकप खेल्ने भारतीय टिमको घोषणा, को को परे ?

काठमाडौं । भारतले आगामी टी-२० विश्वकपको टिम घोषणा गरेको छ

गुल्मीमा डढेलो लगाएको आरोपमा दुईजना पक्राउ

गुल्मी । गुल्मीमा डढेलो लगाएको आरोपमा दुई जना पक्राउ परेका

दराजमै थन्किए १४ हजार थान राष्ट्रिय परिचयपत्र

तनहुँ । राष्ट्रिय परिचयपत्र लिने मानिस नआउँदा १४ हजार थान

नेप्से दोहोरो अंकले बढ्यो

काठमाडौं । नेप्से परिसूचक २५.९३ अंकले बढेको छ । मंगलबार

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले २०८४ को निर्वाचनमा भाग लिने

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आगामी