१६ बैशाख २०८१, आइतबार | April 28, 2024

देश बनाउने दायित्व साझा : मन्त्री चौधरी



काठमाडौं । सहरी विकास मन्त्री मेटमणी चौधरीले एउटा व्यक्ति वा एउटा संस्थाले मात्र देश विकास सम्भव नहुने भएकाले देश बनाउने दायित्व सबैको साझा भएको बताएका छन् ।

सहरी विकास मन्त्रालयद्वारा पुल्चोक इन्जिनियरिङ कलेजमा आयोजित विद्यार्थीहरुसँग मन्त्री कार्यक्रमको दोश्रो श्रृङ्खलामा बोल्दै मन्त्री चौधरीले इन्जिनियरिङ पढेका विद्यार्थीहरुले आधुनिक र व्यवस्थित सहर निर्माणमा झनै ठूलो योगदान गर्न सक्ने बताउँदै उनीहरुसँग ठोस सुझाव समेत मागेका थिए ।

सहरी विकास मन्त्रीमा नियुक्त भए लगत्तै मन्त्री चौधरीले सबै तह र तप्काका नागरिकहरुसँग निरन्तर सुझाव लिने उद्देश्यले नै यसखाले कार्यक्रम तय भएको सचिवालय प्रमुख भूमान्डप केसीले जानकारी गराएका थिए ।

सहरी विकास, भवन निर्माण लगायत विषयमा स्नातकोत्तर गरेका विद्यार्थीको उल्लेख्य संख्यामा उपस्थिति थियो । त्यसैगरि कलेजका थुप्रै पूर्वविद्यार्थीहरुको समेत उपस्थिति रहेको थियो । कार्यक्रममा विद्यार्थीहरुले सहरीकरण व्यवस्थित गर्नेबारे सुझाव दिनुका साथै सरकारी धारणा समेत मागेका थिए ।

उक्त कार्यक्रममा मन्त्रालयका सचिव डा. रमेश सिंह, सहसचिव पद्म कुमार मैनाली, पुल्चोक इन्जिनियरिङ कलेजका प्रमुख डा. इन्द्र प्रसाद आचार्य लगायतले मन्तव्य राखेका थिए ।

प्रकाशित मिति : ४ श्रावण २०७९, बुधबार  १० : ०५ बजे

जापानी परराष्ट्रमन्त्रीले नेपाल भ्रमण गर्ने घोषणा

काठमाडौं । जापानका परराष्ट्रमन्त्रीले आगामी साता नेपालको भ्रमण गर्ने भएकी

गुल्मीमा मलामी बोकेको जिप दुर्घटना, एकको मृत्यु, १२ घाइते

गुल्मी । जिल्लाको सत्यवती गाउँपालिका–४ लिम्घामा मलामी बोकेको जिप दुर्घटना

भरतपुरमा सहिद लखन थापाको सालिक निर्माण

चितवन । नेपालका प्रथम सहिद लखन थापाको भरतपुर महानगरपालिका–१ रामनगरमा

लुम्बिनी प्रदेशको तराईमा अत्याधिक गर्मी, घरबाहिर ननिस्कन विभागको अनुरोध

काठमाडौं । विगत केही दिनदेखि देशका अधिकांश भागको अधिकतम तथा

नेपाल पत्रकार महासंघ रुपन्देहीको अधिवेशन तथा साधारणसभा सकियो

बुटवल । नेपाल पत्रकार महासंघ रुपन्देहीको १२ औ अधिवेशन तथा