२६ बैशाख २०८१, बुधबार | May 8, 2024

पूर्वअर्थमन्त्री शर्माको बयान – बजेट निर्माणमा अनधिकृत व्यक्ति संलग्न भएकै छैन



काठमाडौं । पूर्वअर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माणको क्रममा अनधिकृत व्यक्ति संलग्न नभएको पुनः अडान दोहोर्याएका छन् ।

संसदीय छानविन विशेष समितिको बैठकमा उपस्थित भएर आफुमाथि लागेका आरोपमा बयान दिँदै पूर्वमन्त्री शर्माले बजेट निर्माणको क्रममा करका दर हेरफेरमा अनधिकृत व्यक्ति संलग्न नभएको स्पष्ट पारेका हुन् । शर्माले आफुमाथि लागेका सबै आरोपलाई अस्वीकार गरेका छन् ।

शर्माले आफुमाथि लागेका आरोपको खण्डन गर्दै अर्थमन्त्रालयमा मध्यरातमा अनधिकृत व्यक्ति प्रवेश नगरेको दाबी गरे ।

स्थापित मूल्य, मान्यता, विधि, पद्धतिका आधारमा बजेट निर्माण गरिएको बताउँदै शर्माले अर्थमन्त्रालयका सम्बन्धित अधिकारीहरुबाहेक अन्य व्यक्ति संलग्न नभएको बताए ।

आर्थिक वर्ष २०७९/८० को बजेट निर्माणको क्रममा करको दर हेरफेर गर्न जेठ १४ गते राति मन्त्रालयमा अनधिकृत व्यक्ति संलग्न गराएको आरोप लागेपछि शर्माले २२ असारमा अर्थमन्त्री पदबाट राजीनामा दिएका थिए । सभामुख अग्निप्रसाद सापकोटाले सोही दिन बजेट प्रकरणबारे छानविन गर्न संसदीय छानविन विशेष समिति गठन गरेका थिए । १० दिनको समय दिइएको छानविन समितिले अहिलेसम्म आरोपलाई पुष्टि हुने यौटा पनि प्रमाण फेला पार्न सकेको छैन ।

प्रकाशित मिति : ५ श्रावण २०७९, बिहिबार  ९ : ५६ बजे

कार्यकर्तालाई इमान्दार बन्न एमाले अध्यक्ष ओलीको आग्रह

कपिलवस्तु । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

चल सम्पत्ति धिताे राखेर पनि ऋण पाइने ऐन बन्दै

काठमाडौं । सुरक्षित कारोबार पहिलो संशोधन विधेयक–२०८० सम्बन्धी विधेयक राष्ट्रिय

पितापुर्खाको सीप पछ्याउँदै मह सिकार

गण्डकी । पराङ, सुथरी, दाबिलो, साज, जाबो, डालीलगायत सामग्री जोरजाम

सरकारले क्रमसः अतिरिक्त हुलाक खारेज गर्दै

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले अतिरिक्त हुलाक