२६ भदौ २०८३, शुक्रबार | September 11, 2026

पूर्वअर्थमन्त्री शर्माको बयान – बजेट निर्माणमा अनधिकृत व्यक्ति संलग्न भएकै छैन



काठमाडौं । पूर्वअर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माणको क्रममा अनधिकृत व्यक्ति संलग्न नभएको पुनः अडान दोहोर्याएका छन् ।

संसदीय छानविन विशेष समितिको बैठकमा उपस्थित भएर आफुमाथि लागेका आरोपमा बयान दिँदै पूर्वमन्त्री शर्माले बजेट निर्माणको क्रममा करका दर हेरफेरमा अनधिकृत व्यक्ति संलग्न नभएको स्पष्ट पारेका हुन् । शर्माले आफुमाथि लागेका सबै आरोपलाई अस्वीकार गरेका छन् ।

शर्माले आफुमाथि लागेका आरोपको खण्डन गर्दै अर्थमन्त्रालयमा मध्यरातमा अनधिकृत व्यक्ति प्रवेश नगरेको दाबी गरे ।

स्थापित मूल्य, मान्यता, विधि, पद्धतिका आधारमा बजेट निर्माण गरिएको बताउँदै शर्माले अर्थमन्त्रालयका सम्बन्धित अधिकारीहरुबाहेक अन्य व्यक्ति संलग्न नभएको बताए ।

आर्थिक वर्ष २०७९/८० को बजेट निर्माणको क्रममा करको दर हेरफेर गर्न जेठ १४ गते राति मन्त्रालयमा अनधिकृत व्यक्ति संलग्न गराएको आरोप लागेपछि शर्माले २२ असारमा अर्थमन्त्री पदबाट राजीनामा दिएका थिए । सभामुख अग्निप्रसाद सापकोटाले सोही दिन बजेट प्रकरणबारे छानविन गर्न संसदीय छानविन विशेष समिति गठन गरेका थिए । १० दिनको समय दिइएको छानविन समितिले अहिलेसम्म आरोपलाई पुष्टि हुने यौटा पनि प्रमाण फेला पार्न सकेको छैन ।

प्रकाशित मिति : ५ श्रावण २०७९, बिहिबार  ९ : ५६ बजे

ग्यास प्रतिसिलिन्डर २१६५ रुपैयाँभन्दा बढी मूल्य लिए डिलर खारेज गरिने

काठमाडौं । नेपाल ग्यास उद्योगले प्रतिसिलिन्डर २१६५ रुपैयाँभन्दा बढी मूल्य

नेप्से परिसूचक २७ दशमलव ९४ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

बाढीबाट प्रभावित शिक्षा क्षेत्रको पुनरुत्थानका लागि दुई अर्ब ३४ करोड लाग्ने अनुमान

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी

रावल आयोगले औँल्याएको अतिक्रमित जग्गा सरकारका नाममा कायम गर्ने निर्णय

काठमाडौं । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन

अब नागरिक एपबाटै विदेश भ्रमणको विवरण उपलब्ध हुने

काठमाडौं । अध्यागमन विभागले अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै