१७ पुस २०८२, बिहिबार | January 1, 2026

गाउँपालिकाले करार कर्मचारी हटाएपछि ठाटीकाँधमा एमालेको विरोध



सुर्खेत। दैलेखको ठाटीकाँध गाउँपालिकाले करार कर्मचारी हटाएपछि एमालेले विरोध गरेको छ । नेकपा (एमाले) ठाटीकाँध गाउँपालिका कमिटीले बिहीबार विज्ञप्ति जारी गर्दै विरोध जनाएको हो ।

एमालेले ठाटीकाँध गाउँपालिकाले राजनैतिक प्रतिशोधका आधारमा सत्ता र शक्तिको दुरुपयोग गरेको भन्दै आरोप लगाएको छ । गत असार २८ गते ठाटीकाँध गाउँपालिकाले एक सूचना जारी गर्दै विगतको सरकारले स्थानीय तहमा कर्मचारी अभावमा नियुक्ति गरेका कर्मचारीलाई नियमित कार्य सञ्चालन गर्न कठिनाइ भएको भन्दै करारका कर्मचारीलाई हटाएको थियो ।

उक्त विषयलाई लिएर एमाले ठाटीकाँध गाउँपालिका कमिटी अध्यक्ष कुमारविक्रम शाहीले विभिन्न समयमा प्रक्रिया पूरा गरी रिक्त दरबन्दीमा करार सेवामा नियुक्ति प्राप्तका करार कर्मचारीहरूलाई करार सम्झौता सम्बन्धी मापदण्ड २०७८ को नियम विपरित हटाएको भन्दै विरोध जनाए । उनले भने, ‘पालिकाले गरेको कर्मचारीको करार म्याद थप नगर्ने निर्णयप्रति हाम्रो पार्टीले घोर भर्त्सना गर्दछ ।’

यस्तै, एमालेले सङ्घीय सरकार मार्फत पालिकामा लामो समयदेखि अस्थायी दरबन्दीमा नियुक्ति भई विभिन्न विषयगत शाखामा कार्यरत कर्मचारीहरूको कार्यसम्पादन, स्तर, मूल्यांकन तथा थप नयाँ अवधिको लागि राजनीतिक आग्रह र पूर्वाग्रहबाट स्थानीय सरकार सञ्चालन गर्न खोज्नु स्थानीय सरकार र स्थानीय जनताको भावना विपरीतको कार्य भएको ठहर गरेको छ ।

एमालेले गैर–राजनीतिक क्रियाकलापहरू यथाशीघ्र बन्द गर्न स्थानीय सरकार लाई ध्यानाकर्षण समेत गराएको छ । साथै पालिकामा यसअघि कामकाज गरिरहेका करार कर्मचारीहरूलाई काममा निरन्तरता दिन आग्रह गरेको छ ।

यदि पालिकाले कुनै पनि सुनुवाइ नगरेमा र राजनैतिक प्रतिशोधका आधारमा सत्ता र शक्तिको दुरुपयोग गरेमा न्याय र समानताको लागि एमाले ठाटीकाँधले जस्तो सुकै कदम चाल्ने चेतावनी दिएको छ ।

प्रकाशित मिति : ५ श्रावण २०७९, बिहिबार  ८ : ४० बजे

खोला किनारको मापदण्ड खारेजीको माग गर्दै प्रदर्शन

काठमाडौं । काठमाडौं उपत्यकाका सडक र खोला किनारका बासिन्दाहरुले नदी

समानुपातिकको बन्दसूची सच्याउन आयोगद्वारा दलका प्रतिनिधिसँग छलफल

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा

सशस्त्र प्रहरीको गोली लागेर एक जनाको मृत्युपछि सुनसरीको लौकहीबजार तनावग्रस्त

काठमाडौं । सुनसरीको कोसी गाउँपालिका–१ स्थित लौकहीबजार क्षेत्रमा तनाव उत्पन्न

दुई वर्षमा बन्नुपर्ने वाल्मीकि आश्रम पुग्ने झोलुङ्गे पुल नौ वर्ष लाग्यो, तीनवर्ष भयो अझै सञ्चालनमा आएन

चितवन । पवित्र धार्मिक तीर्थस्थल वाल्मीकि आश्रम पुग्ने झोलुङ्गे पुल

करिब छ महिनापछि सञ्चालनमा आयो रसुवागढी नाका

रसुवा । नेपालको उत्तरी रसुवागढी अन्तरराष्ट्रिय नाका आजदेखि पूर्ण रूपमा