६ पुस २०८२, आइतबार | December 21, 2025

अफगानिस्तानका बाढी पीडितलाई पाकिस्तानले पठायो राहत सामाग्री



इस्लामावाद । पाकिस्तानले अफगानिस्तानका बाढी पीडितका लागि विशेष उडानमार्फत राहत सामग्री पठाएको छ ।

पाकिस्तानले पूर्वी अफगानिस्तानका बाढी पीडितका लागि विशेष उडानमार्फत मानवीय सहायता र राहत सामग्री पठाएको हो । शुक्रबार इस्लामावादको नुर खान एयरबेसमा अफगानिस्तानका लागि राहत सामाग्री पुर्‍याउने कार्यक्रमलाई सम्बोधन गर्दै विदेशमन्त्री बिलावल भुट्टो जर्दारीले राहत सामाग्रीमा पाल, कम्बल, लत्ताकपडा, खाना पकाउने तेल र चिनी रहेको बताए ।

परराष्ट्र मन्त्री भुट्टोले पाकिस्तान अफगानी जनताको दुःख र कठिन समयमा उनीहरूसँग ऐक्यबद्धतामा उभिएको छ। ‘हामीले पठाएको राहत प्रयास दुई देशबीच अवस्थित भाइचारा सम्बन्धको अटुट प्रमाण हो’, उनले भने ।

एकपछि अर्को विपत्तिमा परेका अफगान जनतालाई सहयोग गर्नका लागि विदेशमन्त्री भुट्टोले अन्तर्राष्ट्रिय समुदायलाई पनि आग्रह गरेका छन्। कठिन समयमा अन्तर्राष्ट्रिय समुदायले अफगानिस्तानका जनतालाई त्याग्न नसक्ने उनले बताए । अन्तर्राष्ट्रिय समुदायले अफगानिस्तानको आर्थिक पतनबाट बच्नको लागि सहयोग गर्नुपर्ने धारणा पाकिस्तानले राख्दै आएको उनले बताए ।

बिलावल भुट्टो जरदारीले पाकिस्तान शान्तिपूर्ण, स्थिर र समृद्ध अफगानिस्तानको पक्षमा रहेको पनि बताए ।

प्रकाशित मिति : ७ श्रावण २०७९, शनिबार  ९ : ०२ बजे

विराटनगरमा नोबेल अस्पतालको पाँचौं तलाबाट खस्दा इन्टर्न डाक्टरको मृत्यु

विराटनगर । विराटनगरस्थित नोबेल मेडिकल कलेजको भवनबाट खसेर एक जना

आहा! आलिताल

डडेल्धुरा । पर्यटकीय दृष्टिकोणले महत्त्वपूर्ण आलितालको पर्यटन प्रवर्द्धन गर्न काम

डा. बाबुराम भट्टराई भारत भ्रमणमा जाँदै

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई आइतबार पुस ६ गते

कालीगण्डकी करिडोर : तातोपानी-घाँसा खण्ड स्तरोन्नति

म्याग्दी । चीन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर,

यू-१९ एसिया कपको फाइनलमा आज भारत-पाकिस्तान भिडन्त

काठमाडौं । दुवईमा जारी यू-१९ एसिया कप क्रिकेट प्रतियोगिताको फाइनलमा