१ असार २०८३, सोमबार | June 15, 2026

भर्चुअल माध्यमबाट अफगानिस्तानका विद्यार्थीलाई अध्यापन गराउन पाकिस्तानी राष्ट्रपतिको प्रस्ताव



इस्लामावाद । पाकिस्तानका राष्ट्रपति डा आरिफ अल्वीले अफगानिस्तानका विद्यार्थीहरूलाई अल्लामा इकबाल ओपन युनिभर्सिटी र पाकिस्तानको भर्चुअल युनिभर्सिटी मार्फत अनलाइन शिक्षा सुविधा उपलब्ध गराउने आफ्नो प्रस्तावलाई पुनः दोहोर्याएका छन्।

आफुलाई भेट्न आएका अफगानिस्तानका शिक्षामन्त्रीसँगको भेटमा राष्ट्रपति अल्बीले यो प्रस्तावलाई दोहोर्याएका हुन् । अफगानिस्तानमा उच्च शिक्षाको अवस्था दयनीय रहेको बताएका थिए ।

राष्ट्रपतिले अफगानिस्तानमा राष्ट्रव्यापी इन्टरनेट जडान नभएकाले सुरुमा एआईओयू र भियूपीसँगको सहकार्यमा अफगानिस्तानका पुरुष र महिला दुवै विद्यार्थीलाई टेलिभिजन नेटवर्कमार्फत अध्यापन गराउन सकिने बताए ।

त्यसक्रममा राष्ट्रपतिले भने – पाकिस्तान पुरुष जनसंख्याको बराबर महिलाहरूलाई पनि समान शैक्षिक अवसरहरू प्रदान गर्नेमा विश्वास गरेको छ।’ उनले इस्लामले महिला र पुरुषको भेदभाव नगरी सबैलाई शिक्षा दिनमा जोड दिएको बताए । यदि अफगानिस्तानले आफ्ना महिला विद्यार्थीलाई आफ्नै रुचीअनुसार शिक्षा प्रदान गर्ने उपायहरू गरिरहेको छ भने, सबै सञ्चार माध्यम र सञ्चारका साधनहरूमार्फत विश्वका अन्य भागहरूमा पनि उनीहरूको चिन्ता कम गर्न उचित रूपमा प्रचार गरिनुपर्ने उनको भनाइ छ।

राष्ट्रपति अल्बिले पाकिस्तान अफगानिस्तानमा शान्ति र विकास चाहने बताउँदै आफ्नै मानव संसाधनको विकास विना यो पुरा हुन नसक्ने समेत बताए ।

प्रकाशित मिति : १० श्रावण २०७९, मंगलबार  ९ : २३ बजे

निजी लगानीमा क्रिकेट पूर्वाधार फस्टाउँदै, सरकारी रङ्गशाला अझै अधुरो

भैरहवा । रुपन्देहीमा क्रिकेट खेलको लोकप्रियता र पूर्वाधार विस्तार तीव्रगतिमा

मगर समुदायको प्रमुख पर्व भूम्या पर्व मनाईदै

बुटवल । मगर समुदायको नयाँ वर्ष ल्होछारपछि दोस्रो ठूलो पर्वका

भूम्या पर्वले प्रकृति संरक्षण र राष्ट्रिय एकतालाई बलियो बनाउँछ : मुख्यमन्त्री आचार्य

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले भूम्या पर्वले प्रकृति

ल्यान्डिङ गियरमा समस्या देखिएपछि बुद्ध एयरको जहाज काठमाडौं फर्काइयो

काठमाडौं । काठमाडौंबाट जनकपुरका लागि उडेको बुद्ध एयरको एक जहाजमा

बर्खा लाग्न थालेपछि वस्तुभाउ लिएर लेक उक्लिए गोठाला

ढोरपाटन । काँधमा भारी । साथमा सयौँका सङ्ख्यामा वस्तुभाउ । पसिनाले