२३ बैशाख २०८१, आइतबार | May 5, 2024

बाँके प्रहरीबाट ‘युरोनियम’ जस्तो देखिने खनिज पदार्थ सहित ४ जना पक्राउ, परीक्षणका लागि काठमाडौं पठाईयो



नेपालगन्ज । भारतीय उच्च सुरक्षा अधिकारीहरुले नेपालमा युरोनियमको खोजि गरिरहेका बेला बाँके प्रहरीले युरोनियम जस्तो देखिने खनिज पदार्थ बरामद गरेको छ । बाँकेको खजुरा गाँउपालिका १ सैनीकबाट प्रहरीले ठूलो मात्रामा युरोनियम जस्तो देखिने खनिज पदार्थ बरामद गरेको हो ।

बाँकेको खजुराबाट सो पदार्थ सहित चार जनालाई पक्राउ गरेको बाँके प्रहरी प्रवक्ता डीएसपी मधुसुदन न्यौपानेले बताए । । बरामद भएको खनिज पदार्थलाई परिक्षणका लागि केन्द्रीय प्रयोगशाला पठाईएको डीएसपी न्यौपानेले बताए ।

नेपालबाट २७ किलो युरोनियम भारत भित्रँदै गरेको सूचनाको आधारमा भारतीय प्रहरीको सेन्ट्रल ब्युरो अफ इन्भेस्टिकेसन (सिबिआई) र भारतीय गुप्तचर निकाय रिसर्च एन्ड एनालिसिस विङ (रअ) को टोलि समेत बाँकेमा परिचालित भएको खबर आईहेको बेला बाँके प्रहरीले सो खनिज पदार्थ बरामद गरेको हो । भारतीय सुरक्षा अधिकारीको तैनाथीका विषयमा भने डीएसपी न्यौपानेले अनविज्ञता प्रकट गरे ।

भारतीय सुरुषा निकायले नेपालको अनुसन्धान बिभागलाई युरोनियमका बारेमा सूचना दिइपनि अनुसन्धान बिभागले सफलता पाउन नसकेपछि भारतीय अधिकारीहरुको टोलि नेपाल प्रवेश गरेको उच्च स्रोतको दाबी छ । पक्राउ परेका व्यक्तिहरुको नाम भने प्रहरीले खुलाउन चाहेन । अनुसन्धान जारी छ, युरोनियम पुष्टि भएको अवस्थामा उनीहरुको पहिचान खुलाउँछौं । डीएसपी न्यौपानेले बताए । पक्राउ परेका व्यक्तिहरु भारतीय प्रहरी नै हुन सक्ने घटनास्थलका प्रत्येक्षदर्शी बताएका छन् । ‘उनीहरुको हाउभाउ र जिउडाल हेर्दा प्रहरी जस्तै देखिन्थे ।’ नाम बताउन नचाहने एक स्थानीयबासीले खबुरकुरालाई बताए ।

अबैध नाका हुँदै भारततर्फ जाँदै गरेका चार जनालाई शंकास्पद बस्तुसहित पक्राउ गरि बाँके प्रहरीले सत्य जाँचका लागि बरामद बस्तु खानी तथा भू–गर्भ विभाग पठाएको हो ।

सम्बद्ध जानकारहरुका अनुसार, बरामद गरिएको शंकास्पद खनिज युरेनियम हो भने यसले निकै ठुलो अर्थ राख्छ । युरेनियम एउटा धातु हो । जुन धातु भू–गर्भ तथा समुद्रमा पनि पाइन्छ । रसायनशास्त्रीहरूले यसलाई ’हेभी मेटल’को वर्गमा राखेका छन् । यो ११३२ डिग्री सेल्सियस तापक्रम पुगेपछि मात्र पग्लिन्छ ।

नेपालको मुस्ताङ जिल्लामा युरोनियमको खानी रहेको बताईएपनि त्यसको उत्खनन् गर्न भने सरकारले आँट गर्न सकेको छैन ।

प्रकाशित मिति : ८ श्रावण २०७९, आइतबार  ५ : ३२ बजे

आम्दा अस्पतालका कर्मचारीद्धारा नन्दिनी गौशालालाई सहयोग रकम हस्तान्तरण

बुटवल । आम्दा नेपाल सिद्धार्थ बाल तथा महिला अस्पताल बुटवलमा

काठमाडौंको वायु अझै अस्वस्थ

काठमाडौं आज फेरि काठमाडौं वायु प्रदूषणको हिसाबले विश्वकै दोस्रो स्थानमा

मुख्यमन्त्री सोडारीको विश्वासको मत थप अन्योलमा

काठमाडौं । सुदूरपश्चिमका मुख्यमन्त्री दिर्घबहादुर सोडारीले विश्वासको मत लिने विषय

काठमाडौं आइपुगिन् जापानकी विदेशमन्त्री योको

काठमाडौं। जापानकी विदेशमन्त्री खामिखावा योको एक दिने भ्रमणका लागि काठमाडौं

पटकपटक हेर्न नभ्याइनेमा पर्दैआएको सन्दीपको मुद्धा आज ‘हेर्न नमिल्ने’मा

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा आज पनि ुहेर्न नमिल्नेमा