२२ बैशाख २०८३, मंगलबार | May 5, 2026

सम्बन्धित देशको नागरिकता त्यागेपछि मात्र वैवाहिक अंगीकृत नागरिकता दिनुपर्छ : वामदेव गौतम



काठमाडौं । राष्ट्रिय सभा सदस्य वामदेव गौतमले सम्बन्धित् देशको नागरिकता त्यागेपछि मात्र विदेशी महिललाई वैवाहिक अंगीकृत नागरिकता दिनुपर्ने बताएका छन् ।

सोमबार बसेको राष्ट्रिय सभा बैठकमा प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ माथिको छलफलमा सहभागी हुँदै गौतमले सम्बन्धित् देशको नागरिकता त्याग्न प्रक्रिया थालेको वा त्यागेको प्रमाण पेस गरेपछि मात्र विदेशी महिलालाई वैवाहिक अंगीकृत नागरिकता दिनुपर्ने बताए ।

उक्त विधेयक नागरिकता पाउन नसकेका नागरिकका लागि आवश्यक रहेको भन्दै उनले विश्वभर कोही पनि अनागरिक भएर बस्ने अवस्था रहनु नहुने बताए ।

प्रतिनिधसभाबाट पारित भएको उक्त विधेयकले विवाह गरी आएकी विदेशी महिलालाई तुरुन्तै वैवाहिक अंगीकृत नागरिकता पाउने व्यवस्था गरेको छ । साथै गैरआवासीय नेपालीलाई पनि आर्थिक, सामाजिक र सांस्कृतिक गतिविधि गर्न पाउने गरी नागरिकता पाउने व्यवस्था पनि सो विधेयकमा व्यवस्था गरिएको छ ।

प्रकाशित मिति : ९ श्रावण २०७९, सोमबार  ३ : २२ बजे

जनमत पार्टीद्वारा मधेस सरकारबाट समर्थन फिर्ता

जनकपुर । जनमत पार्टीले मधेस प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता

भन्सार कडाइपछि सुनौलीको नेपालतर्फका व्यवसाय चलायमान

रुपन्देही । सीमावर्ती भारतीय बजारबाट बिना भन्सार सामान भित्र्याउने कार्यलाई

रोशी खोलामा फसेका ५ माइक्रोबससहित ८९ यात्रुको सकुशल उद्धार

काभ्रेपलाञ्चोक । अविरल वर्षापछि पानीको बहाव बढ्दा रोशी खोलामा फसेका

अन्तुपोखरी : भैँसी चरन क्षेत्रदेखि पर्यटकीय गन्तव्यसम्म

इलाम । इलामको पर्यटकीय गन्तव्य अन्तु पोखरी चार दशकअघिसम्म भैँसी

वर्षा गराउने प्रणाली पूर्वतिर सर्दै, कोशी र गण्डकीमा वर्षाको सम्भावना

काठमाडौं । वर्षा गराउने प्रणाली क्रमशः पश्चिमबाट पूर्वतर्फ सर्दै गैरहेको