२९ मंसिर २०८२, सोमबार | December 15, 2025

एमसीसी, एसपीपी र आईपीएसविरुद्ध तीन दल आन्दोलित



काठमाडौं । विभिन्न तीन राजनीतिक दल एमसीसी, एसपीपी र आईपीएसविरुद्ध आन्दोलनमा उत्रिएका छन् ।

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा, ऋषि कट्टेलको नेकपा, आहुती नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपाल र कर्णजीत बुढाथोकीको नेकपा माओवादी समाजवादी आन्दोलनमा उत्रिएका हुन् ।

काठमाडौंमा मंगलबार पत्रकार सम्मेलन गरेर उनीहरुले एमसीसी, एसपीपी र आईपीएसविरुद्ध आन्दोलनमा उत्रिएको जानकारी दिएका हुन् ।

उनीहरुका अनुसार १३ साउनमा देशव्यापी कोणसभा, १५ साउनमा देशव्यापी मसाल जुलुस, १८ साउनमा काठमाडौंमा अन्तरक्रिया र २१ साउनमा प्रदेश सदरमुकाम र काठमाडौंमा विरोध प्रदर्शन गर्ने कार्यक्रम छ ।

यसपछि उच्चस्तरको दोस्रो चरणको आन्दोलनका कार्यक्रम घोषणा गरिने उनीहरुले बताएका छन् ।

साथै तत्कालीन ओली सरकार र विप्लव नेतृत्वको नेकपाबीच भएको तीन बुँदे सहमति पनि कार्यान्वयन गर्न माग गरेका छन् ।

प्रकाशित मिति : १० श्रावण २०७९, मंगलबार  ३ : १६ बजे

कोरलास्थित सीमाक्षेत्रमा संयुक्त गस्ती

मुस्ताङ । नेपाल-चीन उत्तरी कोरलानाकास्थित हिउँमै सीमाक्षेत्रको संयुक्त सुरक्षा गस्ती

सुन्तला खेतीले फेरिँदै भोजपुरका किसानको जीवनस्तर

भोजपुर । यहाँका किसानका लागि सुन्तला खेती आम्दानीको भरपर्दो आधार

चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी

काठमाडौं । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शनिबार

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक सोमबार बस्ने

एसीसी यू-१९ एशिया कपमा आज नेपाल र बंगलादेश भिडदै

काठमाडौं । एसीसी पुरुष यू-१९ एशिया कप अन्तर्गत आज नेपालले