१ पुस २०८२, मंगलबार | December 17, 2025

कोरोना भाइरसका संक्रमित १ हजार ५६७ पुगे, २४ घण्टामा १६६ थपिए



काठमाडौं । गत २४ घण्टामा कोरोना भाइरसका संक्रमित १६६ जना थपिएका छन् । यससँगै नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरण अनुसार सबैभन्दा धेरै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालमा गरिएको परीक्षणमा सबैभन्दा धेरै ६४ जना संक्रमित देखिएका छन् ।

यस्तै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा ३७ जना संक्रमित देखिएका छन् । यसैगरी गण्डकी प्रादेशिक अस्पतालमा ३ जना, नारायणी अस्पतालको प्रयोगशालामा ५ जना, प्रादेशिक प्रयोगशाला सुर्खेतमा २६ जना, भेरी अस्पतालमा ८ जना, धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा १२ जना, सेती अस्पतालको प्रयोशागालामा ५ जना र कोशी अस्पतालको प्रयोगशालामा ५ जना कोरोना पोजेटिभ देखिएका छन् ।

यससँगै हालसम्म नेपालमा १ हजार ५ सय ६७ जना पुगेका छन् । जसमध्ये १ हजार ४५० जना पुरुष र ११७ जना महिला रहेका छन् ।

प्रकाशित मिति : १८ जेष्ठ २०७७, आइतबार  ४ : ३४ बजे

अदालतको आदेश अलपत्र परेपछि सहकारी पीडितहरु आमरण तथा रिले अनशनमा

नेपालगन्ज । सहकारी वित्तीय संस्था लिमिटेड, नेपालगन्जका बचतकर्ताहरुले अदालतको आदेश

नेपालगन्जमा शेयर साक्षरता कार्यक्रम

नेपालगन्ज । शेयर बजारका लगानीकर्ताका लागि यहाँ शेयर साक्षरता सुरु

निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्यो : निर्वाचन आयोग

काठमाडौँ । निर्वाचन आयोग नेपालका कार्यवाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले

एमाले मतदान पटक पटक सारिँदै, भोलि ८ बजे मतदान सुरु हुने

काठमाडौं । एमालेको नेतृत्व चयनका लागि हुन लागेको मतदान प्रक्रिया

योजना आयोगका नवनियुक्त उपाध्यक्षबाट प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसमक्ष राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष