८ पुस २०८२, मंगलबार | December 23, 2025

बुटवलको सडकको ठेक्का सम्झौता तोड्ने आयोजनाको चेतावनी



बुटवल । बेलहिया–बुटवल व्यापारिक मार्ग विस्तार आयोजनाले बुटवलको सडक विस्तारको ठेक्का तोड्ने चेतावनी दिएको छ । ठेकेदार कम्पनीले म्याद थपका लागि लविङ गरिरहेका बेला आयोजनाले ठेक्का तोड्ने चेतावनी दिएको हो । बुटवलको राजमार्ग चौराहादेखि गोलपार्कसम्मको करिब साढे तीन किलोमिटर सडक बिस्तारका लागि सम्झौता भएको ६ वर्ष पुगेको छ ।

आयोजनाले शुक्रबार एक सूचना प्रकाशित गर्दै ६ वर्षसम्म पनि सडक विस्तारको काम पूरा नगरेको भन्दै स्पष्टीकरणसहित ठेक्का सम्झौता रद्द गर्ने चेतावनी दिएको हो । आयोजनाले प्रकाशित गरेको सार्वजनिक सूचनामा बेलहिया–बुटवल ठेक्का सम्झौता अन्त्य किन नगर्ने ? भन्दै प्रश्न गरिएको छ ।

व्यापारिक मार्ग विस्तार आयोजनाले प्रकाशित गरेको सूचनामा बेलहिया–बुटवल सडकले बुटवल सडकको न्यून कार्य प्रगति भएको, म्याद समाप्त भएका र बाह्य समस्याविना पनि लामो समयसम्म निर्माणको कार्य रोकिएको उल्लेख छ । सो ठेक्का सम्झौता अन्त्य गर्न नपर्ने कुनै मानासिव कारण भए सात दिनभित्र भरपर्दो स्पष्टीकरणसहित आयोजनाको कार्यालयमा उपस्थित हुन भनिएको छ । स्पष्टीकरण चित्तबुझ्दो नभएमा ठेक्का सम्झौताका शर्त र सिओसी तथा प्रचलित ऐन, नियमअनुसार कानुनी कारबाही अगाडि बढाउने आयोजनाको भनाइ छ ।

आयोजनाले तीन वटा ठेक्का तोड्ने गरी प्रक्रिया सुरु गरेको छ । बिरुवा कन्स्ट्रक्सन प्रालिमध्ये बानेश्वर काठमाडौंले लिएको ठेक्का नं टिआरआईपी ३३७३१२४/ विवि/०७३/०७४–००१, बिरुवा–श्रेष्ठ–एपेक्स जेभी काठमाडौंको ठेक्का नं. टिआरआईपी /३३७३१२४/विवि ०७१/०७२–००२ र द कञ्चनजंगा–बिरुवा जेभी, मध्य बानेश्वर काठमाडौंले ठेक्का पाएको ठेक्का नं. टिआरआईपी र ३३७३१२४/ विवि ०७३/०७४–००३ तोड्ने गरी प्रक्रिया अघि बढाएको हो । यी तीनवटा ठेक्का बेलहिया, पडसरी र बुटवलका हुन् ।

प्रकाशित मिति : १३ श्रावण २०७९, शुक्रबार  ६ : ०८ बजे

माथिल्लो मुस्ताङमा जाडो थेग्न गुइँठाको भर

मुस्ताङ । माथिल्लो मुस्ताङको तापक्रम माइनस २० डिग्रीसम्म पुग्छ ।

अत्यधिक चिसो बढेपछि गौरका विद्यालयमा बिदा

चन्द्रपुर । विगत चार दिनदेखि बढेको चिसोका कारण रौतहटको गौर

निर्वाचन ७२ दिन बाँकी : यस्तो अवस्थामा हुनेछ समानुपातिकतर्फको सूचीबाट अयोग्य

काठमाडौं । सरकार, प्रदेश सरकार वा स्थानीय तहबाट अनुदान प्राप्त

‘देशको हितलाई पहिलो प्राथमिकतामा राखेर अगाडि बढौँ’

कञ्चनपुर । नेपाली कम्युनिष्ट पार्टीका नेता डा भीम रावलले राष्ट्रिय

बुटवलमा जारी प्रदर्शनीमा महिला उद्यमीका स्टलमा अवलोकनकर्ताको आकर्षण

बुटवल । बुटवलमा जारी औद्योगिक प्रदर्शनीमा महिला उद्यमीका स्टलहरुमा अवलोकनकर्ताको