१३ बैशाख २०८३, आइतबार | April 26, 2026

कसले गर्ला शर्मालाई अर्थमन्त्रालयमा स्वागत !



काठमाडौं । संसदीय छानबिन विशेष समितिले क्लिनचिट दिएसँगै पूर्वअर्थमन्त्री जनार्दन शर्मा पुनः अर्थमन्त्रीमा नियुक्त हुन लागेका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवासँग माओवादी अध्यक्ष प्रचण्डले कुराकानी गरेपछि शर्मा पुनः अर्थमन्त्रीमै फर्किन लागेका हुन् । शर्माको आजै साँझ सपथग्रहण हुने बताइएको छ ।

२२ दिनपछि अर्थमन्त्रालयमा फर्किन लागेका शर्मालाई मन्त्रालयमा राजस्व सचिव कृष्णहरि पुस्करले स्वागत गर्ने सम्भावना बढेको छ। अर्थमन्त्रीमा शर्मा नै पुनः नियुक्त हुने भएपछि अर्थसचिव मधुकुमार मरासिनी भने विदामा बसेका छन् । मरासिनी आज पोखरा पुगेका छन् ।

यसअघि शर्माले राजीनामा दिनुपर्ने भन्दै मरासिनी विदामा बसेका थिए । असार २२ गते शर्माले राजीनामा दिएपछि मात्रै उनी काममा फर्किएका थिए । तर, पुनः शर्मा नै मन्त्री बन्ने पक्का भएपछि मरासिनी समस्यामा परेका छन् ।

आर्थिक वर्ष २०७९/८० को बजेट फाइनल गर्नुअघि गत जेठ १४ गते राति अर्थमन्त्रालयमा अनधिकृत व्यक्तिलाई प्रवेश गराई करका दर हेरफेर गराएको आरोप लागेपछि शर्माले राजीनामा दिएका थिए ।

त्यससम्बन्धमा छानबिन गर्न सभामुख अग्निप्रसाद सापकोटाले संसदीय छानबिन विशेष समिति गठन गरेका थिए । समितिले शर्मा संलग्न भएको भनिएको कुनै पनि प्रमाण फेला नपारेको प्रतिवेदन संसद बैठकमा पेश गरेपछि शर्माले क्लिन चिट पाएका हुन् ।

 

प्रकाशित मिति : १५ श्रावण २०७९, आइतबार  ४ : १८ बजे

चट्याङले घर जल्यो, ६ जनाको परिवार विस्थापित

गुल्मी । गुल्मीको धुर्कोट गाउँपालिकामा आज चट्याङका कारण एक घर

दुर्घटनामा एक जनाको मृत्यु

नवलपुर । नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को मध्यविन्दु नगरपालिका-११ गडर खोलास्थित

मुस्ताङको जोमसोममा लेक लागेर भारतीय पर्यटकको मृत्यु

मुस्ताङ । मुस्ताङको जोमसोममा लेक लागेर एक जना भारतीय पर्यटकको

शेखर कोइरालाद्वारा बुद्धिजीवीसँग छलफल

काठमाडौं । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले मुलुक र

राष्ट्रिय फोटो पत्रकारिता दिवस सम्पन्न : अन्तरराष्ट्रिय फोटो सम्मेलन गरिँदै

काठमाडौँ । राष्ट्रिय फोटो पत्रकार समूह नेपालद्वारा आयोजना गरिएको ९९औँ