२० बैशाख २०८१, बिहिबार | May 2, 2024

नारायणीमा पानीको सतह बढ्दै : उच्च सतर्कता अपनाउन आग्रह



नवलपुर । नारायणी नदीको पानी सतर्कता तह नजिक पुगेको छ । नारायणी नदीको देवघाट बाढी मापन केन्द्रमा जलसतह सतर्कता तह नजिक पुगेको र पानीको सहत बढ्दो क्रममा रहेकाले नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।

नवलपुरका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले जिल्लाका पाँचवटा स्थानीय तह नारायणी नदीबाट प्रभावित हुने जनाउँदै नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेका छन् । “पानी निरन्तर परिरहेको छ, नारायणी नदी बढ्दो क्रममा छ”, उनले भने, “नारायणी नदी बढेर जुनसुकै बेला पनि दुर्घटना निम्त्याउन सक्छ, त्यसैले नदी तटीय बासिन्दाले उच्च सतर्कता अपनाउनुहोला ।”

आइतबार रातिदेखि निरन्तररूपमा पानी परेपछि नदीमा पानीको सतह बढ्दै गएको हो ।

सो नदीमा मंगलबार बिहान पानीको सतह सात दशमलव १८ मिटर पुगेको छ । देवघाट बाढी मापन केन्द्रमा जलसतह सात दशमलव तीन मिटरलाई सतर्कता तह र नौ मिटरलाई खतराको तह मानिएको छ ।

प्रकाशित मिति : १७ श्रावण २०७९, मंगलबार  ११ : २७ बजे

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै

काठमाडौं । आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस विविध

आजको मौसम : देशका पहाडी क्षेत्रमा आंशिक बदली, बाँकी भागमा मौसम सफा रहने

काठमाडौं । हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक

टी-२० विश्वकप खेल्ने नेपाली टिमको घोषणा, को को परे ?

काठमाडौं । नेपालले टी-२० विश्वकप खेल्ने टिमको घोषणा गरेको छ

नेपालगन्जका महिला पत्रकार श्रेष्ठ र मल्ललाई सञ्चारिका पत्रकारिता पुरस्कार

नेपालगन्ज । लामो समयदेखि पत्रकारितामा सक्रिय नेपालगन्जका २ महिला पत्रकार

धुम्म मौसमले पर्यटनमा असर

पोखरा । पर्यटकीय राजधानी पोखरासहित आसपासका गन्तव्यस्थलको मौसम नखुल्दा पर्यटन