२१ बैशाख २०८३, सोमबार | May 5, 2026

बाघले बाख्रा मारेपछि गाउँवासी त्रासमा



सुदूरपश्चिम । कैलालीको चुरे पहाडी क्षेत्र मोहन्याल गाउँपालिका-७ को कुइने गाउँमा सोमबार साँझ बाघले झम्टेर २१ बाख्रा मारेपछि स्थानीयवासी त्रसित भएका छन् ।

गाउँ नजिकै रहेको कालिका सामुदायिक वन क्षेत्रमा बाख्रा चराउन लगेको अवस्थामा भएको उक्त घटनापछि स्थानीयवासी आतङ्कित भएको सोही वडा निवासी गाउँपालिका उपाध्यक्ष कमलबहादुर साउदले बताए । “दुई बच्चासहितको बाघले बाख्रा मारेपछि त्रसित बनेका गाउँवासीलाई सुरक्षित रहन र एक्लै जङ्गल क्षेत्रमा नहिँड्न भनेका छौँ”, उपाध्यक्ष साउदले भने, “बाख्रा मरेर क्षति बेहोरेका किसानलाई गाउँपालिकाले सक्दो राहतको व्यवस्था गर्ने तयारीमा छौँ ।”

एकैसाथ ठूलो सङ्ख्यामा बाख्रा मारेको घटनापछि गाउँमा बाघ पस्न सक्ने भन्दै त्रासमा गाउँवासी छन् । स्थानीयवासी धर्मराज मिजारका छ खसी चार बाख्रा, नवीन बडुवालका चार बोका र चार बाख्रा, पहिला बिटालाका दुई बाख्रा, सावित्रा बडुवालका एक बाख्रा बाघले झम्टेर मारेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

कैलालीको अण्डैया क्षेत्र आसपासमा समेत बच्चा (डमरु) सहितको बाघले एकहप्ता अघि मात्रै स्थानीय बासिन्दाले पालेका तीन बाख्रा खाएको स्थानीयवासी योगेन्द्र चन्दले बताए । सो घटनापछि वन क्षेत्रमा घाँसदाउरा काट्न एक्लै हिँड्न मुस्किल भएको चन्दले बताए । पछिल्ला वर्षमा वन क्षेत्रमा बाघलगायतका वन्यजन्तुको सङ्ख्या बढ्दै गएको बताइन्छ ।

प्रकाशित मिति : १७ श्रावण २०७९, मंगलबार  ८ : ४३ बजे

भारत र चीनलाई पठाएको कूटनीतिक नोट सकारात्मक : कांग्रेस

काठमाडौँ । लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालको भूमि भएको धारणासहित

लिलाम सकारेको जग्गा तीन वर्षभित्र बेच्नुपर्ने व्यवस्था खारेज

काठमाडौँ । सर्वोच्च अदालतले बैंक तथा वित्तीय संस्थाहरूले सुरक्षणवापत धितोमा

अब एकल महिलाले विवाह गरेमा पूर्वपतिको सम्पत्ति फिर्ता गर्नु नपर्ने

काठमाडौँ । सर्वोच्च अदालतले एकल महिला (विधवा) ले अर्को विवाह

आठौँ संस्करणको अभ्यास हातेमालो आजदेखि सुरु

काठमाडौँ । नेपाली सेनाको समन्वयमा विपद् व्यवस्थापनसँग सम्बन्धित मन्त्रालय, सरकारी

सशस्त्र प्रहरीलाई विश्वासिलो सुरक्षा संस्थाका रूपमा विकास गरिनेछ : महानिरीक्षक पौडेल

काठमाडौँ । नवनियुक्त सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सङ्गठनलाई विश्वासिलो,