२४ बैशाख २०८१, सोमबार | May 6, 2024

बाघले बाख्रा मारेपछि गाउँवासी त्रासमा



सुदूरपश्चिम । कैलालीको चुरे पहाडी क्षेत्र मोहन्याल गाउँपालिका-७ को कुइने गाउँमा सोमबार साँझ बाघले झम्टेर २१ बाख्रा मारेपछि स्थानीयवासी त्रसित भएका छन् ।

गाउँ नजिकै रहेको कालिका सामुदायिक वन क्षेत्रमा बाख्रा चराउन लगेको अवस्थामा भएको उक्त घटनापछि स्थानीयवासी आतङ्कित भएको सोही वडा निवासी गाउँपालिका उपाध्यक्ष कमलबहादुर साउदले बताए । “दुई बच्चासहितको बाघले बाख्रा मारेपछि त्रसित बनेका गाउँवासीलाई सुरक्षित रहन र एक्लै जङ्गल क्षेत्रमा नहिँड्न भनेका छौँ”, उपाध्यक्ष साउदले भने, “बाख्रा मरेर क्षति बेहोरेका किसानलाई गाउँपालिकाले सक्दो राहतको व्यवस्था गर्ने तयारीमा छौँ ।”

एकैसाथ ठूलो सङ्ख्यामा बाख्रा मारेको घटनापछि गाउँमा बाघ पस्न सक्ने भन्दै त्रासमा गाउँवासी छन् । स्थानीयवासी धर्मराज मिजारका छ खसी चार बाख्रा, नवीन बडुवालका चार बोका र चार बाख्रा, पहिला बिटालाका दुई बाख्रा, सावित्रा बडुवालका एक बाख्रा बाघले झम्टेर मारेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

कैलालीको अण्डैया क्षेत्र आसपासमा समेत बच्चा (डमरु) सहितको बाघले एकहप्ता अघि मात्रै स्थानीय बासिन्दाले पालेका तीन बाख्रा खाएको स्थानीयवासी योगेन्द्र चन्दले बताए । सो घटनापछि वन क्षेत्रमा घाँसदाउरा काट्न एक्लै हिँड्न मुस्किल भएको चन्दले बताए । पछिल्ला वर्षमा वन क्षेत्रमा बाघलगायतका वन्यजन्तुको सङ्ख्या बढ्दै गएको बताइन्छ ।

प्रकाशित मिति : १७ श्रावण २०७९, मंगलबार  ८ : ४३ बजे

गणेशमान सिंह मेमोरियल हस्पिटल एण्ड रिर्सच सेन्टर र प्रभु बैंकबीच विशेष छुट सम्झौता

काठमाडौं । ललितपुरको महालक्ष्मिस्थानस्थित गणेशमान सिंह मेमोरियल हस्पिटल एण्ड रिर्सच

करदाता सेवा कार्यालयको राजश्वमा वृद्धि

काठमाडौं । करदाता सेवा कार्यालयहरुबाट संकलित हुने राजश्व गत आर्थिक

स्वतन्त्र प्रेसले मात्र लोकतन्त्र सुदृढ हुन्छ : राष्ट्रपति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रेस जति तटस्थ, स्वतन्त्र र

वन राज्यमन्त्री कार्की जसपाको संस्थापन पक्षमै

काठमाडौं। जनता समाजवादी पार्टी, नेपालका सांसद एवं वन तथा वातावरण

सभामुखले प्रधानमन्त्रीसहित प्रमुख दलका शिर्ष नेताहरुसँग छलफल गर्दै

काठमाडौं । सभामुख देवराज घिमिरेले मङ्गलबार प्रधानमन्त्रीसहित प्रमुख दलका शीर्ष