२१ बैशाख २०८३, सोमबार | May 5, 2026

केराबारीमा पहिरो खस्यो, नारायणगढ-मुग्लिन सडक अवरुद्ध



चितवन । एक दिनपछि सञ्चालनमा आएको नारायणगढ-मुग्लिन सडकखण्ड पुन: अवरुद्ध भएको छ ।

चितवनको भरतपुर महानगरपालिका-२९ मा पर्ने केराबारीमा गएराति २ बजे पुन: पहिरो खसेको जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी नरहरी अधिकारीले जानकारी दिए । पहिराले सडक पुन: अवरुद्ध भएको छ ।

यसअघि सोमबार राति ११ बजे पहिरो खसेपछि सडक अवरुद्ध भएको थियो । मंगलबार दिनभर लागेर पहिरो पन्छाएपछि राति १० बजेदेखि सञ्चालनमा आएको थियो ।

सञ्चालनमा आएको चार घण्टामै फेरी पहिरो खसेर सडक अवरुद्ध भएको डीएसपी अधिकारीले बताए । उनका अनुसार केराबारीमा पहाडको ढिस्को सहित पहिरो खसेको छ ।

सडक अवरुद्ध हुँदा सवारी साधन र यात्रु बाटोमै रोकिएका छन् । सडकमा गाडीका लामो लाइन लागेको छ ।

यो सडकमा बारम्बार पहिरो खस्दै आएको छ । वर्षायाम शुरु भएयता दर्जनौं पकट सडक अवरुद्ध भएको छ ।

प्रकाशित मिति : १८ श्रावण २०७९, बुधबार  ७ : ५३ बजे

भारत र चीनलाई पठाएको कूटनीतिक नोट सकारात्मक : कांग्रेस

काठमाडौँ । लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालको भूमि भएको धारणासहित

लिलाम सकारेको जग्गा तीन वर्षभित्र बेच्नुपर्ने व्यवस्था खारेज

काठमाडौँ । सर्वोच्च अदालतले बैंक तथा वित्तीय संस्थाहरूले सुरक्षणवापत धितोमा

अब एकल महिलाले विवाह गरेमा पूर्वपतिको सम्पत्ति फिर्ता गर्नु नपर्ने

काठमाडौँ । सर्वोच्च अदालतले एकल महिला (विधवा) ले अर्को विवाह

आठौँ संस्करणको अभ्यास हातेमालो आजदेखि सुरु

काठमाडौँ । नेपाली सेनाको समन्वयमा विपद् व्यवस्थापनसँग सम्बन्धित मन्त्रालय, सरकारी

सशस्त्र प्रहरीलाई विश्वासिलो सुरक्षा संस्थाका रूपमा विकास गरिनेछ : महानिरीक्षक पौडेल

काठमाडौँ । नवनियुक्त सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सङ्गठनलाई विश्वासिलो,