१८ माघ २०८२, आइतबार | February 1, 2026

रसुवामा खाद्य सामग्री ढुवानी



रसुवा । पवित्र तीर्थस्थल गोसाइँकुण्ड आउने यात्रुका लागि भोजनको व्यवस्था मिलाउन खाद्य सामग्री ढुवानी गरिएको छ । भक्तजनको आगमन सुरू भएसँगै धुञ्चे तथा स्याफ्रुबेँसी बजारबाट दाल, चामल, नुन, तेल, चाउचाउ, बिस्कुट तथा दैनिक उपभोग्यवस्तु ढुवानी गरिएको हो ।

यही साउन २३ गतेदेखि २७ गते जनैपूर्णिमासम्म लाग्ने विशेष मेलामा झण्डै १५ हजार भक्तजनको आगमन हुने गोसाइँकुण्ड क्षेत्र विकास समितिले जनाएको छ । लक्षित यात्रुलाई भोजन गराउन पुग्ने यथेष्ट खाद्य सामग्री ढुवानी गरिएको होटल व्यवसायी सङ्घका जिल्ला अध्यक्ष रामशरण गजुरेलले बताए ।

काठमाडौंबाट धुञ्चेसम्म सडक मार्ग प्रयोग गरेपछि पैदलयात्रा सुरू हुने गोसाइँकुण्ड तीर्थ जाँदा धुञ्चे, देउराली, चन्दनबारी, लौरीविनायक तथा गोसाइँकुण्डमा खान र बस्न समस्या नहुने होटल व्यवसायी सङ्घले जनाएको छ ।

प्रकाशित मिति : १८ श्रावण २०७९, बुधबार  ८ : ०९ बजे

कोइलावास भन्सार कार्यालय : लक्ष्यअनुसार राजस्व सङ्कलन भएन

दाङ । कोइलावास भन्सार कार्यालयले चालु आर्थिक वर्षको छ महिनामा

आँखारोगीको खोजी गर्दै पौवादुङमा

भोजपुर । ग्रामीण भेगमा रहेका आँखारोगीको पहिचान गर्दै उनीहरूलाई सहज

बजार झरेका मतदाता भन्छन्, ‘गाउँमै बस्ने वातावरण बनाइदेउ’

म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका-१ गुर्जाका रामबहादुर छन्त्यालको अस्थायी बसोबास

बागलुङ-बिहुँ खण्ड : नौ वर्षमा पाँचपटक म्याद थप, पुनः ठेक्काको तयारी

बागलुङ । मध्यपहाडी पुष्पलाल लोकमार्गको बागलुङ बजारदेखि बिहुँ बयलडाँडाको १३